Wednesday, March 30, 2016

कविता : उनको मिसकल आयो

आज,
अचानक उनको याद आयो ।
एक्कासी आयो,
प्यास आयो, सम्झना आयो,
अनी,
एक झोँका उन्माद आयो ।
किनकी
आज उनको मिसकल आयो ।
मिसकलमा एक झंकार आयो,
झंकारमा एउटा स्नेह आयो ।
स्नेहमा मुटु आयो,
मुटुमाथी खोट आयो ।
पुरानो, अमेट
अनी लथालीङ्ग ।
उहि संरचना आयो,
उहि बिगत आयो ।
आयो, झक्झकायो,
अतितलाई मष्तिष्कमा झल्झलायो ।
किनकी,
आज उनको मिसकल आयो ।

No comments:

Post a Comment