युवा परिचालन नै राष्ट्र विकासको मूल आधार हो । देश निर्माणको मेरूदण्ड युवा नै हुन् । युवा जनशक्ति छ । तर, त्यसको सही उपयोग भएन अथवा सही परिचालन हुन सकेन भने त्यो हुनु र नहुनुको अर्थ रहँदैन । राष्ट्रको दरिलो जनशक्ति र प्रमुख सञ्चालक युवा नै हुन् । देश कतिसम्म विकसित हुने वा विकास निर्माण कसरी गर्ने भन्ने कुराको लेखाजोखा युवाको सही परिचालनमा निर्भर रहन्छ । तर, बिडम्बना हामीकहाँ त्यो स्रोतको उपयोग हुनसकेको छैन । अझ सरकारी लगानीका हकमा त बिल्कुलै छैन ।
विदेशिएकाहरूको ठूलो जमात मुलुकको बेरोजगारी जर्जरताका कारण कुल्ली भिसामा समुद्रपार जान बाध्य छ । केहीलाई यूरोपेलीहरूले लगे भने केही भारततिर चौकीदारी गरिरहेछन् । केही खाडीमा छन् त कोही अमेरिका र अष्ट्रेलिया । हाम्रा अथाह शारीरिक शक्तिदेखि लिएर उच्च बौद्धिक चेत भएकाहरू पनि मुलुकबाहिर छन् । यही कारण न हामीस“ग बौद्धिक शक्ति नै रह्यो न त श्रमशक्ति नै । अनि, यता बचेखुचेकाहरूमा पनि उति साह्रो उत्साह छैन । उदासीनता छ । अलमल्याइको चपेटामा चेप्टिएका छन् । सरकार उदासीन छ । भरसक युवा धपाउन चाहन्छ । वर्षेनि नेपाली श्रमबजारमा भित्रिने लाखौं युवालाई ऊ रोजगारी दिन सक्दैन । विदेशिएका युवाले पठाएको विप्रेषणबाट अर्थतन्त्र धानिएकाले सरकार यसैमा रमाइरहेको छ । विगतमा सरकारले विभिन्न देशसँग गरेका हजारौं श्रम सम्झौताले यस कुराको प्रमाण दिन्छ । खाडी मुलुकदेखि कोरिया–जापानसम्म समेत गरिएको श्रमसम्झौताको नियत के त ? यसैबाट सरकार स्वदेशमा रोजगारी सृजना गर्न चाँहदैन, युवा परिचालनको सही नीति बनाउँदैन भन्ने स्पष्ट हुन्छ ।

युवास“ग जोश छ । केही होस पनि छ । उत्साह छ र लगनशीलता । नवीन सोच छ । सृजनात्मक दिमाग छ । तर, त्यसको प्रयोग कहा“नेर भइरहेको छ ? कतिसम्म भइरहेको छ ? पूँजीविना कुनै पनि विकास र निर्माणको कुरा सम्भव छैन । समस्या के छ भने ठूलो काम आँट्ने हामीमा शक्ति छैन । बल्लतल्ल लगानी ग¥यो, सरकारले त्यसको ग्यारेण्टी दिँदैन । राजनीतिक अनिश्चितता छ । यस्तो अवस्थामा लगानी गर्नु जोखीमपूर्ण हुन्छ । यस्तो जोखीममा कसैले पनि हात हाल्दैन । अनि विनाप्रतिफल र रित्तो आशमा कसले लगानी गर्छ ?
नेपालका कलेज र विश्वविद्यालयहरूले वर्षेनि हजारौं शैक्षिक जनशक्ति उत्पादन गर्छन् । कोरा सैद्धान्तिक ज्ञान नै सही केही शीपमूलक भएरै बजारमा उत्रिन्छन् । सरकारको पहिलो जिम्मेवारी हो जनशक्तिलाई उत्पादनमूलक एवम् शीपमूलक ज्ञान दिलाउने । तर, यसमा पनि सरकार चुकेको पाइन्छ । शीप नभएको प्रमाणपत्रधारी यो जनशक्ति कहा“ बिलाउ“छ त ? सयौंको सङ्ख्यामा निस्किएका डाक्टर, हजारौं इञ्जिनियर, वैज्ञानिक, साहित्यकार, पत्रकार, समाजशास्त्री, मानवशास्त्री, चार्टर्ड एकाउण्टेण्टलगायत विषयमा योग्यता प्राप्त युवा कता भासिन्छन् ? हजारौं कम्प्युटर टेक्निसियन के गर्छन् ? यो जनशक्तिलाई कहाँ काममा लगाउने हो ? सरकारसँग योजना छ जस्तो लाग्दैन । विश्वविद्यालयको पढाइ सकेर यो वर्ग आफ्नो कार्यक्षेत्र कता हो भन्ने दोधारमै अलमलिने गरेको छ । एक साल होइन, वर्षेनि यही क्रम दोहोरिरहन्छ । शहरमा ठडिएका एकतले कङ्क्रिट, एउटा मोटरसाइकल, एउटा ल्यापटप, दुईचार थान मोबाइल अनि श्रीमतीलाई दुई चार तोला सुनका गहना नै युवाले विदेशमा ३–४ वर्ष बगाएको पसिनाको पारिश्रमिक बनेको पाइन्छ । साहूको चर्को ऋण, परिवारस“गको बिछोड, अर्काको गुलामीजस्ता यावत् कुराको मूल्य खोइ ? विप्रेषणले ठडिएका घरसिवाय वैदेशिक रोजगारीमा जानेस“ग देखाउनलायक उपलब्धि शायदै अरू हुँदैन । यसलाई आधार मान्दा नेपाली युवाशक्तिले विदेशमा बगाएको श्रम प्रत्येक वर्ष त्यसै खेर गएजस्तो लाग्छ ।
वर्षेनि कति नेपालीले विदेशमा पढ्नलाई छात्रवृत्ति पाउ“छन् ? कतिले पढाइ पूरा गर्छन् ? कति नेपाल फर्कन्छन् ? यसको स्पष्ट तथ्याङ्क सरकारसँग छैन । मोटामोटी तथ्याङ्क हेर्दा प्रत्येक वर्ष १० हजारभन्दा बढी नेपाली विद्यार्थी विदेशिन्छन् । त्यसको आधा फर्किए भने पनि आधाचाहिँ उतै अवसर खोज्छन् । यस विषयमामा उनीहरूका लागि भारतको बजार अझै आकर्षक देखिन्छ । आईटी, एमबीए अनि सीएका लागि भारत छिरेका हाम्रा मेधावी युवा कति स्वदेश फिरेका छन् ? कति डाक्टर र इञ्जिनीयर फर्किए ? हो, आधा पनि फर्कन चाहँदैनन् । तुलनात्मक रूपमा आर्थिक स्थिति समान नभएसम्म अथवा पारिश्रमिकमा अपेक्षित सुधार नभएसम्म हामीले यसै गरी हजारौं युवाशक्ति वर्षेनि गुमाउनुपर्ने हुन्छ । यो भनेको वर्षेनि हजारौं श्रम र शीपयुक्त शक्ति गुमाउनु हो ।

(Published on Abhiyan National Daily 2070-08-14)
http://www.abhiyan.com.np/new/Articles/view/52124abhiyan daily
No comments:
Post a Comment