के कुनै व्यक्ति स्वयंमा उत्प्रेरित हुन सक्दैन ? के कुनै व्यक्तिले आपूm र आफ्नो आगामी सोच अनि रणनीतिमा आपैmं निर्णय लिन सक्दैन ? परिवार आफ्ना सन्तानको मार्गदर्शनका लागि कति जिम्मेवार छ त ? समाजले कस्तो भूमिका खेल्दै छ ? विद्यालय, शिक्षक अनि सल्लाहकार कस्तो शिक्षा प्रदान गर्छन् त ? हो, वर्तमान समाजलाई नियाल्ने हो भने यी सब गौण छन्, चुपचाप छन् । कसैको कुनै भूमिका छैन, जिम्मेवारीविहीन छन् सबका सब । नत्र त किन उत्पे्ररणा जगाउने नाममा बजारमा पैसाको मोलमोलाइ चल्छ त ? एउटा भाषण सुन्न किन सयौँ खर्चिएर हजारौँ युवा झुत्ती खेलिरहेछन् ?
पढाइ छ तर सँगसँगै तनाव छ । भविष्य छ तर अन्धकार छ । परिवार कचकचे छ । योजना छ दिमागमा तर अन्योल उस्तै छ मनमा । समाजको डर, आफन्तको छेडछाड । साथीभाइको उच्काहट अनि शिक्षकको बेतुके अर्ति । एउटा युवाले यस्ता कुराको दिक्दारी हरेक पल महसुस गरिरहेको हुन्छ । अझ हाम्रो समाज र संस्कृति अनुकूल हुनु छ भने, त्यो भन्दा धेरै परिवारको गाइडलाइनलाई विनासर्त स्वीकार्नुको अर्थोक विकल्प हुनै सक्दैन । तनावको जरो त्यहीँबाट शुरु हुन्छ । अनि बिस्तारै पैmलिन थाल्छ प्रत्येक सोच अनि प्रत्येक पाइलामा । हो, यस्तै बेला उसलाई गहकिलो उत्प्रेरणाको आवश्यकता पर्न जान्छ । र, जसको फाइदा अर्कैले उठाइरहेछ ।
केही भूमिका संस्कारको पनि छ । हाम्रो संस्कार त्यति कमजोर भइसकेको छैन कि हामी हाम्रो परिवारलाई अलग राखेर मनमोजी जीवन चलाऊँ । युवा आधुनिकतामा चल्न चाहन्छ, परिवार त्यसको विपरीत छ । हाम्रा संस्कारभित्रका केही अवगुणहरूलाई ऊ पन्छाएर हिँड्न चाहन्छ, परिवार त्यो स्वीकार्दैन । ऊ उन्मुक्त हुन चाहन्छ यस्ता बोझिल संस्कारबाट, परिवार त्यसैको सहारामा जिउन भन्छ । वास्तविक द्वन्द्व त्यहीँबाट शुरु हुन्छ ।
भनिन्छ, मान्छेको पहिलो विद्यालय उसको परिवार हो । पहिलो शिक्षक आमा । अक्षर चिन्नेदेखि लिएर, शब्दका पहिलो ज्ञान उसले परिवारबाट नै प्राप्त गर्छ । उमेर बढेसँगै उसले विद्यालयको संघार टेक्छ, विश्वविद्यालय पुग्छ । उसको ज्ञान बढ्दै जान्छ । उसले आपूmलाई पाइला–पाइलामा परिवर्तित महसुस गर्छ । हो, यही परिवर्तनको अवस्थामै हो उसलाई सही मार्गदर्शन, सही हौसला र सही उत्प्रेरणाको आवश्यकता पर्ने । के हाम्रो समाजले यो कुरा बुझेको छ ? हाम्रो परिवार सन्तानको स्वभाव, सोच अनि लक्ष्य अनुकूल अभैm पनि बन्न सकेको छैन ।
विद्यालय अनि शिक्षकको गैरजिम्मेवारीपन बालबालिकाका लागि अर्को घातक हुन्छ । विद्यालयले त्यही कुराको ज्ञान दिन्छ, जति पाठ्यक्रमले तोकेको हुन्छ । बच्चो दिमाग रटान लाउँछ, विज्ञानका कठिन इक्वेसन, गणितका बोझिला सूत्र । एकोहोरो सुँगा रटाइ, न कुनै जिज्ञासा छ, न त कुनै फरक सोच । आपूmलाई तागतवान राख्नु, आफ्नो निर्णय आपैmँ लिनु, आफू सक्षम बन्नु, भविष्यको निर्णय लिनु, विषय छान्न सक्नु, परिवार, समाज अनि आपूmलाई सन्तुलित राख्न जान्नु । के यस्ता कुरा व्यक्तिगत निर्णयका आधारमै हुने कुरा हैन र ? अर्काले आँैला सोझ्याएर बाटो देखाउने कुरा हैनन् यी । यदि युवा त्यसो गर्न असमर्थ छ भने त्यो उसको कमजोरी हो । मतलब ऊ, उसको परिवार, शिक्षक अनि आसपासको वातावरण समग्र खराब हुँदै गएको प्रमाण हो ।
पढ्ने शैली खिइँदै जाँदै छ दिनानुदिन । पुस्तकको आदत जब मर्छ तब ज्ञानको ढोका बन्द हुन्छ । प्रविधिको चमकदार दुनियाँमा आफूलाई अभ्यस्त बनाउँदैमा कोही सर्वज्ञाता बन्न सक्दैन । पुस्तकको शक्ति र पठनको तागतका बारेमा आजकल कसैले आफ्ना सन्तानलाई सम्झाउन भ्याउँदैन । इन्टरनेटको प्रयोग हामीमा दुरुपयोग छ । नयाँ कुराप्रतिको उत्सुकता सेलाउँदै गएको छ भने, कल्पनाको तागत हराउँदै छ । यस्तो बेलामा व्यक्तिले आफ्नो व्यक्तिगत निर्णय पनि स्वयम् गर्न सक्दैन । उत्प्रेरणा र मार्गदर्शनको खास आवश्यकता सोही बेला पर्न जान्छ ।
युवावस्ता त्यस्तो अवस्था हो जति बेला दिमाग अस्थिर रहेको हुन्छ । जीवनको स्वच्छन्दताबाट बिस्तारै ऊ बन्धनतिर बढ्दै गरेको अवस्था हुन्छ । त्यस्तो बन्धन, जहाँ धनार्जन गर्नै पर्ने बाध्यता हुन्छ, परिवारको जिम्मेवारीले उसलाई जगेड्न थालेको हुन्छ । ठीक त्यसै बेला उसको दिमाग सही तौरमा सही निर्णय नगर्न सक्छ । उसलाई त्यो बेला पनि उत्प्रेरणाको जरुरत पर्न जान्छ ।
परिवार सही छ भने सन्तान सही हुन्छ । बचपनको छाप दिमागमा दीर्घकालीन रहन्छ । सकारात्मक अनि उत्प्रेरक छाप पर्न सक्यो भने व्यक्तिले आफ्नो सिद्धान्त आपैmँ निर्माण गर्न सक्छ, अरु कसैको सिद्धान्तमा आपूmलाई चलाउनुपर्दैन । समाज, विद्यालय अनि नजिकका सल्लाहकारहरू सही भइदिए हरव्यक्ति आफ्नो बाटो आपैmँ छान्न सक्षम हुन्छ । हाम्रो परिवार, समाज अनि हाम्रा शिक्षालयहरूले त्यो कुरा बेलैमा नबुझे आगामी पिँढीहरू अझ धरमर अवस्थामा पर्दै जानेछन् ।
(Published on Nepal Samacharpatra on 2072-09-03)Nepal Samacharpatra
No comments:
Post a Comment