‘नेपालमा बसेर पनि लेखक हुन्छु भन्ने सपना देख्नु भनेको खुर्सानीको धुलो फाँका मार्नु जत्तिकै हो ।’ भर्खरै मात्र एकजना मित्रले फेसबुकमा लेख्या रहेछन् । मलाई त्यो कुराले त्यति प्रभाव पार्ने थिएन होला, यदि ऊ मेरो हितैषी, एउटा युवा अनी केही दिन अघिसम्म लेखक नै बन्छु भनेर स्पष्ट लक्ष्य राखेर नहिँडेको हुँदो हो त । ऊसको त्यो विचारले मेरो दिमाग हल्लायो । एउटा जोशीलो युवा लेखक जो लेखनमा आºनो भविश्य खोजीरहेथ्यो, संघर्ष गर्दैथ्यो, र जोबाट मैले पनि प्रेरणा लिन सक्थेँ, त्यस्तो व्यक्तिबाटै त्यो किसिमको कुरा आऊनुले मलाई पनि सोच्न बाध्य बनायो । के अबको पुस्ताका लागी लेखन कार्य मुस्किल नै छ त ? केही त्यस्ता निराश युवा लेखकलाई मध्यनजर गर्दै मैले केही लेख्नैपर्ने थियो ।
युवा लेखक की युवाका लागी लेख्ने लेखक ? युवाका मनोभावना र युवा मनलाई संगेटेर लेख्ने लेखक सायदै युवा लक्षीत लेखक हुन सक्छन् । युवाका मनोभावना, अनी ऊनिहरुका विचारलाई दुरुस्तै उतारेर लेख्ने लेखक नेपालमा कती छन् त ? कति युवा लेखक छन् र कती युवाका लागी लेख्दै छन् ? र लेख्नेको कमाई कस्तो छ ?
नेपाली समाजमा लेखक हुनु भनेको बेकम्मा हुनुसरह हो । जसको केही काम हुँदैन र जो फगत लेख्छ मात्र । अझ परिवारले त आºनो सन्तानको लेखकीलाई स्विकार्न सक्ने स्थिती नै छैन । ‘के गर्दैछ ?’ भन्ने प्रश्नमा ‘लेख्छु’ भन्दा फेरी प्रश्न गरिन्छ, ‘अनी काम चैँ ?’ ‘कमाई कति हुन्छ ?’, ‘पेट पाल्छ त लेखनले ?’, ‘लेखाईमा नाम र दाम दुवै छैन ।’ मैले खुद पनि अनुभव गरेका कुराहरु, जसले मेरो मगज हल्लाएथ्यो बारबार । अनी परिवार, समाज र कसैका हितैषीहरुमाझ यस्ता कुराहरु कसरी पो पाच्य होला र ?
विश्व साहीत्यमा नेपाली साहित्यको कुनै गणना छैन । गणना हुनैका लागी राम्रो लेखीनुपर्यो । जुन हामीसँग छैन । पुराना लेखकहरु अरुका नक्कलमै आफूलाई सिमित राखे । नयाँ लेखकमा त्यो जोश छैन । परिवार नै तगारो जो बनेको छ त जोश कसरी पो आउँथ्यो ?
हामीसँग विकल्प छैन । लेखन सँगसँगै अर्को काम पनि हुनुपर्छ जिवन धान्न । कुनै अर्को बलियो पेशा नभई गुजारा चलाउन मुस्किल छ । लेखेरै पालीने अवस्थामा पनि हामी छैन । हो, केही पालीएका होलान, अपवादमा । तर ति पनि केवल पालीनमै ठिक्क छन् । लेखेरै बाँच्न सकिने अवस्था नेपालमा छ त ? यदि छ भनेर कसैले भन्छ भने पनि म प्रश्न गर्न चाहन्छु कि ‘के बाँच्नलाई मात्रै बाँच्ने हामी ?’ हरेक व्यक्तिले आºनो न्यूनतम् आवश्यकता त पूरा गरिनै रहेको त हुन्छ नी । बाँच्नै मात्र त को बाँचेको छैन र ? दुई छाक टार्न त कसलाई पो अपुग छ होला र ? एउटा कोठा, दुई छाक खाना, अनी परिवारको भरणपोषण । आम तौरमा पनि यति आवश्यकता त जसले पनि पूरा गरेकै हुन्छ । चाहे त्यो जुनै पेशामा आबद्ध किन नहोस् ।
एउटा लेखक आºनो सृजनाको बलमा बाँच्छ । सृजनाकै बलमा ऊ चिनिन्छ । चर्चित पनि हुन्छ । बोलीचालीका भाषामा भन्ने हो भने जनसमाजमा चिनिनु चर्चित हुनु हो । चर्चित व्यक्ति सेलिब्रेटी हो । अनी एउटा सेलीब्रेटी जसलाई हजारौले आºनो रोल मोडल मानेका हुन्छन्, जसका बारेमा अनेक हल्ला चलेका हुन्छन्, पाठकहरुका मनमा एककिसिमको प्रभाव बसेको हुन्छ, आºनो लेखकको बारेमा, ऊसको जिवनस्तर कस्तो हुनुपर्ने हो त ? गुजारा मात्रै चलाऊन सक्ने खेम्साले ऊसको त्यो सेलीब्रेटी पनको भार थाम्न सक्ला त ?
पत्रिकाले दया गरेको दुईचार सय, सानो बजारको सुस्त व्यापार अनी सुस्त व्यापारको सानो कमाई । एउटा दुईटा सानातिना कार्यक्रम अनी तिनका आयोजकले खाममा हालेर दिएको बाटा खर्ची । दुईचार हजार पुरस्कारको रकम । सानातिना प्रायोजित रकम । एउटा होलटाईमर लेखकका लागी कमाईका श्रोतहरु सायदै यिनै मध्येका हुन । अनी त्यस्तो बतासे कमाईका भरमा कतिदिन भौँतारीईरहनुपर्ने ? कतिदिन अरुको मुखमा आसे नजर लगाईरहनुपर्ने ? वास्तवमा बजारमा सुन्ने गरेको बाँच्न सकिन्छ भन्ने हल्लाका लागी यति उदाहरण काफी होलान् ।
हाम्रो साहित्यले सिमाना कट्न पाएको छैन । जतिले पाए ति पनि खास प्रभावकारी हुन सकेनन् । र गुणस्तरमा पनि खास सुधार हुन सकेन । फितलो बजार, फितलो निती अनी उस्तै फितला पुस्तक । हाम्रो साहित्य संसारले नयाँपनको अनुभुति कहिल्यै गर्न पाएन । बढ्दो माफियागिरी, साहित्यिक गुट, रोयल्टिको किचलो, लेखक र प्रकाशकबिचको द्वन्द्व, हरेक लेखकबिचको विषयगत अनी शैलीगत समानता, पुरानै ढर्रा लगायत कारणले हामीले स्वादमा विविधता पाऊन कहिल्यै सकेनौँ । केहीले विषय र शैलीमा प्रयोग गरेजस्तो देखीएपनि त्यो केवल सतही रह्यो । गम्भिर साहित्यमा पनि मिठास हुन्छ भन्ने कुरा हामीले बिर्सियौँ । हाम्रा लेखकहरुले कि त गम्भिर अनी पट्यारीला किताबको पक्ष लिए कि त हावादार पाराले सतही लेखनलाई पक्रिए । युवा लक्षीत भनेर धुवाँदार प्रचार गरिएका किताबहरु पनि ति दुवैलाई एकसाथ बोक्न अक्षम नै जस्ता ठहरीए । न पट्यारीला भाषाको थुप्रोले हाम्रो साहित्यको स्तर बढाऊन सक्यो न त बोक्रे लेखनले नै मलजल गर्न सक्यो । हामी त्यहीँको त्यही रह्यौँ जहाँबाट हाम्रो साहित्यको यात्रा सुरु भएको थियो ।
अबको पुस्तालाई लेखनमा आऊन अझ कठिन छ । आएपनि एकैपटकमा होलटाईमर लेखक भएर आउन जटिल नै छ । क्रमिक रुपमा आऊनका लागी पैसाको अर्थोक विकल्प हुँदैन । कि लेखन कि पैसा । पढाईको खर्च अनी त्यस उपरको बोझ, परिवारको दवाव, अन्यौल भविश्य । जिवनका यस्ता अनेकानेक तगाराहरु छिचोलेर लेखक नै हुन्छु भन्नु पनि ठूलै जोखिम मोल्नु सरह हुन जान्छ । अझ नयाँपन लिएर बजारमा जानु झनै ठूलो जोखीम मोल्ने काम हुन्छ । बजार जोखिमपूर्ण छ । नयाँ लेखकलाई कसैले चिनेको हुँदैन । र जसमाथी शतप्रतिशत विश्वास गर्ने ठाउँ पनि हुँदैन । पाठक पनि अब सचेत छन् । सचेत पाठकले पुस्तक सँगसँगै त्यसको लेखकलाई पनि पढिरहेको हुन्छ । ऊनिहरुको लेखकप्रतिको दृष्टिकोणले पनि पुस्तकको बिक्रिलाई प्रभाव पारिरहेको हुन्छ । प्रकाशकले त्यही जोखिमको कुरा झिक्छ र लेखकलाई भरसक तर्साऊन खोज्छ, अनी कम रोयल्टीमै चित्त बुझाऊन बाध्य पार्छ ।
नेपालमा साहित्यको स्तरमा केही सुधार महशुस गर्न थालिएको छ । बजारमा पुस्तकको आकार हेर्दा र तिनको स्तरियता हेर्दा पनि त्यो प्रभावकारी लाग्छ । पुस्तकको बिक्री पनि बढ्या छ । भृकुटिमण्डपमा केहि महिनायता शृङखलाबद्ध रुपमा लागेका पुस्तक मेला र त्यहाँको बिक्रीले पनि यसलाई प्रमाणित गर्छ । लेखकमै पनि केही सचेतना जरुर बढेको छ । मनपरि लेखिएका पुस्तकदेखी बाहेकलाई हेर्ने हो भने समग्र पुस्तक बजार अहिले राम्रै छ । नराम्रो छैन ।
र त्यस्तै पछिल्लो समय साहित्यमा युवाको रुचि पनि ह्वात्तै बढेको महशुस गर्न थालिएको छ । पुस्तक स्टलहरुमा देखिएको युवाको चाप, चिया पसलमा सुनिएको पुस्तक चर्चा, सामाजिक संजालमा युवाद्वारा गरिएका पुस्तक समिक्षा, पत्रिकाका लेख अनी पछिल्ला दिनमा गठन गरिएका साहित्यीक समूहहरु, जसले साहित्यमा युवा रुचीलाई अझ प्रस्ट पारेको छ । यसले पनि भविष्यमा नेपाली साहित्यका लागी सकारात्मक नै नतिजा निम्त्याऊला ।
यसले यो कुराको संकेत अवश्य गर्छ की पछिल्लो समय नेपाली साहित्य युवामैत्री बन्दै गईरहेको छ । केही लेखकहरु लेखेकै भरमा गुजारा चलाईरहेका पनि छन् । बुद्धिसागर, सुविन भट्टराई लगायत युवा लेखकलाई हेर्ने हो भने पनि पुस्तकको बिक्रीकै भरमा जिवीका चलाउनेहरुको सूचि बनाऊन सजिलै सकिन्छ । अनी निस्प्रभ सजि, गणेश पौडेल, दिपक सापकोटा, कल्पना बान्तवा, अभिमन्यु निरवी, जोतारे धाईबा, संगित श्रोता, सरस्वती प्रतिक्षा, यज्ञस, ब्रजेश, रोशन शेरचन, राज सरगम लगायत युवा लेखकहरु नै काफी छन्, केही भएपनि आशा जगाऊन । नेपाली साहित्यको भविष्यलाई उज्यालो देखाऊन ।
तर त्यती हुँदाहुँदै पनि हाम्रो साहीत्य कमजोर छ । बजार सानो छ, त्यसैले बिक्री पनि कम छ । बिक्री कम हुनासाथ आम्दानी पनि स्वत: घटिहाल्छ । बजारमा भिजेर जान सकिँदैन । सबै ठाउँमा समान रुपले पुग्न सकिँदैन । काठमाडौँ र ईलाम, अथवा धनगढी अथवा तानसेन अथवा देशका अरु ठाउँमा समान पहुँच पुर्याऊन गाह्रो छ, विविध कारणले गर्दा । देशका सबै ठाउँमा मा उहि दरमा पुस्तक बिक्री गर्न गाह्रो छ । पाँच हजार प्रति बिक्री हुनुलाई बेस्ट सेलर मान्नुपर्ने बाध्यता छ हामीसँग । रोयल्टी कम छ । बजार व्यवस्थापन फितलो छ । सबै पाठकसमक्ष राम्ररी पुग्न सकेका छैनन् हाम्रा लेखकहरु । हामीलाई विश्व साहीत्यमा पुग्नु सपना बराबर छ । र यस्तो विषम अवस्थामा एउटा काँचो युवालाई एकैपटक आँट गरेर पुस्तक छपाऊनु पनि फलामको चिऊरा चपाउनु बराबर हुन जान्छ ।
ति फेसबुके मित्रको पोष्ट, मेरो सोच, नेपाली साहित्य, यहाँको बजार, पुस्तक बिक्री, गुजारा अनी भविष्य, सायदै यि सब दिमाग रन्थनाउने छन् । पुस्तक लेखेर चर्चा कमाईसकेपछि त्यसलाई न्याय दिन हामी सायदै सक्दैनौँ होला । नेपाली लेखककै हैसियतमा त्यो झन गाह्रो कुरा छ । सामान्य जिवीका चलाऊन पुग्ने बाहेक एउटा लोकप्रिय सेलिब्रेटी हुनुको हाईफाईमा चल्न मुस्किल हुन्छ । यो अवस्थामा झट्टै सुधार आईहाल्ने अवस्था छैन, अझै केहिवर्षसम्म । अझ यहि बजार, यहि पाठकहरु अनी यहि अवस्था रहिरहने हो भने त्यो अवस्था कहिलेसम्म रहन्छ, यसै भन्न सकिँदैन ।
#राजधानी दैनिकमा प्रकाशित
No comments:
Post a Comment