गौशाला पिंगलास्थानबाट बाग्मतीलाई बाया“ पारेर तीनकुनेतिर पंक्तिकार जा“दै गर्दा एउटा कारको झ्यालबाट ठूलो पोको फोहोर खोलामा ºया“कियो । छेवैमा आएर रोकिएको सो कारले पंक्तिकारलाई टक्कै उभिन बाध्य बनायो । सा“झ पर्नै लागेको हु“दा धेरैको ध्यान त्यता गएन । फोहोर ºया“क्नेले मान्छे कम भएको अनि सा“झ पर्नै लागेको मौका छोपेर त्यसरी फोहोर ºयाँकेको हुन सक्ने अवस्था देखिन्थ्यो । झट्ट हेर्दा वरिष्ठजस्ता लाग्ने कारभित्रका व्यक्तिको व्यक्तित्वले पनि त्यसो गर्न रोकेको थिएन त्यहा“ । गल्तीको सानो महशुस पनि त्यहा“ थिएन । मैले नजिकबाट यो सब नियालेको थिए“ । मेरै सामु यो सब भएको थियो । सामान्यजस्ता लाग्ने यस्तै असामान्य गतिविधिले हामीलाई कतिसम्मको खराब प्रभाव पार्छ भन्ने कुरामा ती कारभित्रका महाशयले रत्तिभर पनि ध्यान नदिनु बडो लाजमर्दो कुरा थियो ।
नेपालका सहरमध्येकै सबैभन्दा धेरै जनसंख्या भएको सहर हो, काठमाडौं । उपत्यकाभित्रका तीनै जिल्लालाई जोड्ने राष्ट्रकै कुल जनसंख्याको ठूलो हिस्सा काठमाडौंले ओगटेको छ, भन्दा अत्युक्ति नहोला । सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मबाट विभिन्न कारणले विभिन्न पेसा व्यवसाय गर्न भनेर आएका मान्छे यहा“ छन् । जहा“ मान्छेको आवादी धेरै हुन्छ, त्यहा“ अनेक समस्या पनि आइहाल्छन् । काठमाडौंले पनि त्यस्ता धेरै मानव सिर्जित समस्या भोगेको छ, जुन आफैंले आपैंmलाई दिएको समस्या हो । फोहोर व्यवस्थापनमा हामीले हामीलाई नै अप्ठ्यारोमा पारिरहेका छौं । उल्लिखित घटनालाई नै उदाहरण मान्दा पनि त्यो काफी छ । चेतनाको अभाव या चेतनशील दिमागमा विवेकको अभाव या दुवै । चाहे जे होस्, यहा“ मानिसको दिमागमा केही कुराको चाहिँ कमी जरुर छ ।
फोहोर व्यवस्थापनकै लागि भनेर यहा“ कति लगानी छ ? सरकारको या महानगरको तयारी कस्तो हालतमा छ ? कुनै एकदिन जमात भेला गरेर सेल्फि खिच्ने कामबाहेक सरकारका अरू कार्यक्रमहरू केके भए ? ती कति प्रभावकारी छन् ? स्थानीयको सोचाइमा परिवर्तन आवश्यक छ या छैन ? जनजागरणका कार्यक्रम कतिसम्म प्रभावकारी छन् ? अन्य योजनाजस्तै यसमा पनि लगानी त्यसै खेर गइरहेको त छैन ? आमसञ्चारको भूमिका कुन अवस्थामा छ ? हो दिनानुदिन गनाउ“दै गइरहेको महानगर घुमेर चिन्तन गर्ने हो भने यस्ता कैयन् प्रश्न स्वाभाविक रूपमा हाम्रो दिमागमा घुम्न सक्छन् । सहरका कुनाकुनामा हेर्ने हो भने पनि पहिलो कुरा मानिसमा चेतनाको अभावकै ठाडो झल्को पाउन सकिन्छ ।
नदीलाई सहरको सभ्यता मानिन्छ । काठमाडांैको पनि नदीसभ्यता पुरानो छ । बाग्मतीले यसलाई जीवित राखेकै छ । तर, बाग्मतीको अवस्था कुन हालतमा छ, त्यो कुरा सबैलाई थाहा छ । हाल देखिएको बाग्मती पुरानो बाग्मती छैन, यो दूषित छ । भलै यसको अवस्थामा केही सुधार जरुर गरिएको छ । तर, तीनकुने या शंखमूल या कुपण्डोल आसपास गएर हेर्ने हो भने यसको प्रदूषणको अवस्था थाहापाउन सकिन्छ । अझ बाग्मती बाहेकका अन्य नदीको हालत के होला ? जस्तो कि मनोहरा, टुकुचा, हनुमन्ते या धोबीखोला (जसलाई कहिल्यै नारामा पनि सामेल गराइएन) को प्रदूषण सहिनसक्नुको छ । डुङडुङती गनाएको खोलालाई समानान्तर पारेर हि“ड्नुप¥यो भने त्यो झनै कष्टकर हुने स्थिति छ । लेदो पानी, तैरिरहेका प्लास्टिक, कुहिएका घरेलु फोहोर । आखिर यस्तो अवस्था कहिलेसम्म ?
प्रदूषण व्यवस्थापन कुनै महाभारत काम भने पक्कै पनि होइन । हामीले हाम्रो सानोतिनो मेहेनतबाटै यसलाई व्यवस्थित गर्न सक्छौं । हामीले हाम्रो घर या कोठाबाट निस्कने फोहोरलाई कसरी व्यवस्थापन गर्दै छौं ? त्यस्ता किसिमका फोहोर र तिनको व्यवस्थापनलाई प्राथमिकतामा राखेका छौं या छैनौं ? बाटामा हि“ड्दा खाएका चकलेट, चुइगम आदिका खाली खोल हामी कता ºया“क्दैछौं ? सानस“ग चुरोट तानेर त्यसका ठुटा बाटामा मिल्काइरहेका त छैनौं ? कुहिने फोहोर र नकुहिने फोहोरलाई वर्गीकरण गर्छौं या गर्दैनौं ? फाटेर काम नलाग्ने भएका पुराना लत्ताकपडाको व्यवस्थापन के कसरी गर्दै छौं ? हो जसरी हामी शरीर, सुन्दरता या घर कोठाका सुग्घरतामा चिन्ता लिन्छौं त्यति नै चिन्ता हामीले हाम्रो आसपास र पर्यावरणका लागि पनि गर्नै पर्ने हुन्छ । यस्ता सानातिना सफाइका अभ्यासमा हामीले चासो दिनैपर्ने हुन्छ ।
एक व्यक्ति नै परिवर्तनका लागि काफी छ । अझ त्यो व्यक्तिगत प्रयास सामूहिक बन्यो भने त्यो झनै प्रभावकारी बन्छ । त्यो एउटा अभियान बन्छ । नेपालमा पनि त्यस्ता कैयौं अभियानहरू नचलेका भने होइनन् । विगतलाई हेर्ने हो भने पनि त्यो जान्न सकिन्छ । तर, नाराले मात्रै पनि निकास निस्क“दैन । नारा र कार्यान्वयन स“गस“गै हुनुपथ्र्यो । बाग्मती सफाइजस्ता ठूलो पहु“च बोकेका अभियानहरू किन त्यत्तिकै सेलाए ? सरकारी या गैरसरकारी निकायले चालिरहेका कदमहरू किन नाकाम छन् ? सरकारले बर्सेनि ल्याउने गरेका सफाइसम्बन्धी योजनाहरू किन हर साल चौपट भइरहेछन् ? फोहोर व्यवस्थापनकै लागि भनेर खोलिएका सरकारइतरका निकायहरू कुन हालतमा छन् ? हो, जबसम्म हर व्यक्तिमा सकारात्मक सोचको विकास हुन सक्दैन, तबसम्म कुनै पनि योजनाले गतिलो गरी काम गर्न सक्दैन । ती सब हालसम्म रटान मारिएका नाराजस्तै सेलाएर जान्छन् । एकछिन भेला हुने, जमात उभ्याउने अनि सेल्फी खिचेरै सकिन्छ ।
यहा“ हामी सबै शिक्षित छौं । हामीलाई सबै थाहा छ । के ठीक र के बेठीक छ, त्यो हामी सजिलै छुट्ट्याउन सक्छौं । हामीले गरिरहेको फोहोरले भविष्यमा हामीलाई नै पार्न सक्ने असरबारे पनि हामी जानकार छौं । कुन फोहोरलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने जान्दाजान्दै पनि हामी किन थेत्तरो भइरहेछौं ? आफ्नो पर्यावरणबारे अलिकति पनि दायित्वबोध नहुनु एकदमै लाजमर्दो कुरा होइन र ? यसमा सोच्ने कुरा पनि केही छैन र सोचेर हुने कुरा पनि होइन यो । प्रत्येक व्यक्ति, प्रत्येक परिवार अनि प्रत्येक समाज अलिकति मात्रै सचेत भइदिने हो भने पनि हालमा देखिएको सहरको यस्तो फोहोरी रूप केही सुध्रिने थियो । हरेक व्यक्तिले आपूmमार्पmत खेर गएको फोहोरलाई सही ठाउ“मा तह लगाउने मात्रै हो भने पनि यो समस्या घट्न धेरै बेर लाग्दैन । र, सरकार, महानगर अनि यसस“ग सरोकार राख्ने निकायले आ–आºनो ठाउ“मा जिम्मेवार भएर लाग्न पनि पछि हट्नुभएन । दिमागभित्रको सुतेको चेतनालाई थोरै जगाउन मात्रै बा“की छ ।
(Published on Rajdhani National Daily 2072-12-14)

No comments:
Post a Comment