Friday, March 10, 2017

सामाजिक सञ्जालको सदुपयोग कि दुरुपयोग ?

युवामा फेसबुकमोह नराम्रो हो या राम्रो ? फेसबुकमा ‘अप टु डेट’ रहनु व्यक्तिगत फाइदा हो या बेफाइदा ? फेसबुकको उच्च प्रयोगले व्यक्तिलाई सामाजिक बनाउ“दै छ कि एकलका“टे ? फेसबुक, ट्वीटरलगायतका सञ्जालहरूबाट हामीले ज्ञान पाइरहेछौं या मूर्ख बनिरहेछौं भन्ने कुरा नै विवादित होला बहस गर्दा ।

विश्वमा आक्रामक तबरले विस्तार भइरहेको प्रविधिकका केही छिटाहरू हामीकहा“ पनि आइपुगेका छन् । हामी हाम्रा सारा पुराना मूल्य मान्यताहरूभन्दा पर, संसारको कुनै नौलो कुराहरूको अनुभव गर्न पाइरहेछौं, दैनिक । कतै कुनै कुनाको समाचार थाहा पाउनु परोस् या कसै आफन्तको शुभ–अशुभ खबर सुन्नुपरोस् वा वर्षौं बिछोडिएका साथीभाइस“गको सम्बन्धलाई निरन्तरता दिनुपरोस् अथवा कसैप्रसति प्रेम दर्शाउनुपरोस् । यी सारा कुराहरू हामी एकै बसाईमा अनि एकै समयमा पूरा गर्न सक्ने हैसियतमा पुगिसकेका छौं । प्रविधिले हाम्रा लागि दिएको बरदान यही होला । फेसबुक, अझ युवा पुस्ताको फेसबुकमोह त आजकल उच्च बिन्दुमा पुगेको होला । व्यक्तिले आफ्नो दैनिकीको अधिकांश समय फेसबुकको पेजमा घोइरिएर बिताउ“छ । अरूको पोस्ट पढेर, लाइक÷कमेन्ट गरेर, च्याट गरेर अथवा समाचार पढेर हामी फेसबुकस“ग ‘कनेक्टेड’ भइरहेका छौं । फेसबुक हाम्रो दिमागमा बसिसकेको छ । हामी यसमा अभ्यस्त भइसकेका छौं र यो हाम्रो दैनिकी बनिसकेको छ । वास्तवमै हाम्रो भोक–तीर्खा अनि निद्रास“ग नै फेसबुकले गहिरो सम्बन्ध जोडिसकेको छ ।


बाबुआमाले छोराछोरीको दुर्गुण यसैमा खोतल्ने, छोराछोरीले बाबुआमाप्रतिको गुनासो यसैमा पोस्ट गर्ने, कसैको मृत्युको दुःख यसैमा जनाउने, कसैलाई शुभकामना दिनुपरे यसैमा बताउने। समाजभन्दा पर गएर मोबाइल या कम्प्युटरको ‘भर्चुअल इमोसन’ कहिलेसम्म देखाइरहने हामी? के यो हाम्रो संस्कारको कुरा हो ? हाम्रो समाज यस्तै थियो ?

एक अध्ययन भन्छ, एक औसत व्यक्तिले आफ्नो सुत्ने समयभन्दा धेरै समय सामाजिक सञ्जालमा खर्च गर्छ । फेसबुक, ट्वीटरलगायतका सञ्जालहरूमा समय बिताउनु केही हिसाबले राम्रो र फाइदाकारक पनि होला । हाल आएर शैक्षिक, सामाजिक, राजनीतिक अनि हरेक व्यक्तिगत प्रयोजन र फाइदाका लागि पनि फेसबुक÷ट्वीटरको प्रयोग भइरहेको छ । यसबाट व्यक्तिलाई फाइदा पक्कै होला, तर के यसले व्यक्तिलाई एकलका“टे पनि बनाइरहेको त छैन ? वास्तविक समाज र दुनिया“भन्दा परको ‘भर्चुअल’ समाजमा हामी रम्न थालेका त छैनौं ? व्यक्तिगत सम्बन्ध पनि ‘डिजिटाइज्ड’ भइरहेको यस समयमा अबका हाम्रा सम्बन्धहरूलाई हामीले कुन रूपमा लिने ? बदलि“दो विश्वको प्रभाव हामीसम्म पनि आइपुगेको छ । हामी पनि आजको विश्वको एक हिस्सा भएर बा“च्न पाएका छौं अवश्य नै । घरको एक कोठाको एक कुनामा बसेर सारा संसारबारे ‘अपडेटेड’ हुन पाएका छौं । विश्व बुझ्न पाएका छौं । अमेरिका, युरोप या अफ्रिकाको कुनै एक स्थान विशेषमा घटेका सामान्यभन्दा पनि सामान्य घटनाहरूका बारेमा केही पलमै जानकार हुन पाएका छौं । कुनै अमुक देशको राजनीतिक उथलपुथलदेखि लिएर त्यहा“ घटेका हरेक घटनाका बारेमा विस्तृत जानकारी राख्ने अवस्थामा पुगिसकेका छौं । यी सम्पूर्ण उपलब्धिमा नजर लगाउने हो भने पनि त्यो हाम्रा लागि पक्कै सानो कुरा होइन । आजको विज्ञानले हामीलाई दिएको ठूलो पुरस्कार हो ।
के हामीलाई यी यावत् उपलब्धिहरूले एकोहोरो बनाएका त छैनन् ? हामीलाई हाम्रो बृहत् संसारबाट सा“घु¥याएर एउटा कोठामा लगेर खुम्च्याएको त छैन ? हामीलाई हाम्रो समाजबाट पर धकेलिरहेको त छैन ? हामीलाई एकांकी, आत्मकेन्द्रित, असामाजिक अनि एकलका“टे त बनाइरहेको छैन ? हो, फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालले हामीलाई एकोहारो बनाइरहेका छन्, जुन सत्य हो । व्यक्तिको दैनिक जीवनमा आइपर्ने अत्यावश्यकीय कुराहरूभन्दा पनि आवश्यकीय हामीलाई हाम्रा सामाजिक सञ्जालका पोस्टहरू हुन थालिसकेका छन् । कसैस“ग वार्तालाप गर्नुपरे हामी प्रत्यक्ष कुराकानीभन्दा बढी सामाजिक सञ्जाललाई प्राथमिकतामा राख्न थालिसकेका छौं । कुनै समाचार थाहा पाउनुपरे, कसैलाई केही जानकारी दिनुपरे, कसैका दुःख–सुख, पीर मर्का अनि समवेदना हामी यसैमा प्रदान गर्न थालेका छौं, मात्रै एक औपचारिकताजस्तो । कसैलाई दुःख प¥यो, दुई–चार शब्द लेखिदियो सकियो । यसकारण प्रत्यक्ष भावनात्मक सम्बन्ध दिनानुदिन घट्दै गइरहेको छ ।
यो एक अम्मल हो । विज्ञानले घातक बनेर प्रमाणित गरेका दुव्र्यसनभन्दा पनि घातक । अझ यसको अति प्रयोगले हामीलाई भविष्यमा कुन स्थानमा पु¥याउला ? हाम्रो संस्कारस“गै जोडिएर आउने परिवार, समाज, संस्कृति, रीतिरिवाजजस्ता कुराहरूमा यसले कस्तो प्रभाव जमाउला ? बाबुआमाले छोराछोरीको दुर्गुण यसैमा खोतल्ने, छोराछोरीले बाबुआमाप्रतिको गुनासो यसैमा पोस्ट गर्ने, कसैको मृत्युको दुःख यसैमा जनाउने, कसैलाई शुभकामना दिनुपरे यसैमा बताउने । समाजभन्दा पर गएर मोबाइल या कम्प्युटरको ‘भर्चुअल इमोसन’ कहिलेसम्म देखाइरहने हामी ? के यो हाम्रो संस्कारको कुरा हो ? हाम्रो समाज यस्तै थियो ? हो, भौतिकताले छर्लप्पै गा“जेका अनि समाजलाई केवल एउटा बा“च्ने माध्यम बनाएका पश्चिमा देशहरूलाई यसले एक किसिमले उद्धारै गरेको छ । परिवार अनि समाजभन्दा अलग्गै भएर एक्लै जीवन बिताउनुपर्ने संस्कार भएका मुलुकहरूमा यसले फाइदै पु¥याएको होला । त्यहा“ केही क्षण भए पनि आफ्नो सुख–दुःख साट्न अनि मन बहलाउन प्रभावकारी होला सामाजिक सञ्जाल । तर, के हामीमा यो सम्भव छ ? अवश्य पनि हामीमा यो प्रयोग कठिन छ । एकपटक गम्भीर भएर यतातर्पm पनि सोचौं त !

No comments:

Post a Comment