Thursday, December 29, 2016

ट्राफिक जाम कहिलेसम्म ?

काठमाडौंमा ट्राफिक जाम हुनु नौलो कुरा होइन । वर्षौंदेखिको यो जाम उही र उस्तै, अझ संख्यात्मक रूपमा अभैm बढेर गइरहेको यथार्थ हाम्रो सामु छ । अझ बिहान र बेलुका (प्रायः कार्यालय छुट्टी हुने समयमा) यो झनै तीव्र रूपमा देख्न सकिन्छ । पा“च मिनेटको दूरी पार गर्न आधा÷एक घण्टा लाग्नु पनि कुनै नौलो कुरा हुन छाडेको छ, हिजोआज । अनि दिनानुदिन यो समस्या अभैm बढ्दै पनि गइरहेको छ । यात्रुवाहक बस, मालवाहक ट्रक, माइक्रो, टेम्पो, निजी सवारीहरू, स्कुल बस अथवा निजी मोटरसाइकलहरू, अझ सडक पेटीमा लम्किरहेका पैदल यात्रीहरूको चाप पनि त्यसमा जोड्ने हो भने सडकको अवस्था त्यो समय हेर्नलायक हुन्छ ।
सहरमुखी हुनु मान्छेको स्वाभाविक चाहना हो । अवसरको खोजी, सुखद जीवनको अभिलाषा, अध्ययन, केही नया“ गरौं या बनौं भन्ने आशा, अथवा अन्य विविध कारणले मान्छे सहरोन्मुख हुने गर्छ । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने देशका अन्य सहरभन्दा काठमाडौं मान्छेका लागि झनै ठूलो आकर्षणको केन्द्र बन्दै गइरहेको यथार्थ छ । देशका विभिन्न भागबाट केही न केही आशा बोकेर मान्छे काठमाडौंमा आएर थुप्रिएका छन् । कुनै न कुनै कारणले र कुनै न कुनै लक्ष्य साथमा बोकेर देशका कुनाकाप्चाबाट मानिसहरू यहा“ आइपुगेका छन् । अनि जहा“ मान्छेको चाप बढ्छ, त्यहा“ त्यति नै बढी चहलपहल हुने गर्छ मानिसको अनि ती मानिसलाई बोकेर हि“ड्ने सवारीसाधनको ।
सडक मानिसहरूको साझा क्षेत्र हो । यो यथार्थ हो । सडकमा हरेक नागरिकको बराबर हक लाग्छ । तर, यसको मतलब यो होइन कि यसलाई अव्यवस्थित तवरले उपयोग गरियोस् । हो, नेपालमा सडकको लापर्बाही
तरिकाले उपयोग गर्नाले अनेकानेक समस्या सिर्जना भइरहेका छन् । हामीले सुन्धारा, नया“ बानेश्वर, कोटेश्वर अथवा नया“ बसपार्कका सडक र सडक किनारालाई नियाल्यौं भने पत्ता लगाउन सक्छौं कि कसरी सडकलाई जथाभावी प्रयोग गरिरहिएको छ । त्यहा“ सञ्चालित खुद्रा व्यापार, फुटपाथ पसल अनि अव्यवस्थित पार्किङले हाम्रा सडकको उदाहरण प्रस्तुत गरेको छ । सा“घुरो बाटोमा अड्याइएका निजी तथा सार्वजनिक सवारीसाधनले कति अस्तव्यस्तता सिर्जना गरेका छन् । पैदल यात्रीका लागि कति दिक्दारी निम्त्याएको छ । हो, अव्यवस्थित रूपमा अड्याइएका सडकपेटीका पार्किङ, अव्यवस्थित नै रहेको फुटपाथे खुुद्रा व्यापार, अव्यवस्थित ट्राफिक सिस्टम र मानिसमा देखिएको चेतना को कमीले समस्यालाई दिनानुदिन झन् समस्याग्रस्त बनाउ“दै गइरहेको छ ।
हामीमा ट्राफिक चेतनाको अभाव छ । हामी पैदलयात्रीका लागि छुट्ट्याइएका सा“घुरा बाटामा मोटरसाइकल छिराउन हिच्किचाउ“दैनौं । हामी सडक नै सा“घुरिने गरी सवारी पार्किङ गर्न हिच्किचाउ“दैनौं । हामी जथाभावी बाटो काट्न थाल्छौं अथवा जेब्रा क्रसिङको उपयोगिताबारे अनविज्ञजस्तो बन्छौं । हामीलाई ट्राफिक नियमको कुनै जानकारी नै छैन अथवा जानकारी भए पनि त्यसको पालनामा हिच्किचाउ“छौं । सडकको प्रयोगबारे हामीमा केही ज्ञान नभएजस्तो बन्छौं । हामीमा आकाशे पुलको उपयोगिताबारे जानकारी छैन । ट्राफिक लाइटबारे जानकारी छैन । कुन लेनमा कति गतिले सवारी हा“क्नुपर्ने हो, त्यसबारे ज्ञान छैन अनि कुन बाटो सवारीका लागि र कुन बाटो पैदल यात्रीका लागि भन्ने आधारभूत जानकारी पनि नभएजस्तो गर्छौं । वास्तवमा भन्ने हो भने हामीलाई माथि उल्लिखित हरेक नियम कानुन र यस्ता सामान्य ट्राफिक नियमहरूबारे जानकारी छ, तर हामी ती सब नियमलाई उल्लंघन गर्छौं ।

यात्रुवाहक बस, मालवाहक ट्रक, माइक्रो, टेम्पो, निजी सवारीहरू, स्कुल बस, निजी मोटरसाइकल र सडकपेटीमा लम्किरहेका पैदल यात्रीहरूको चाप पनि त्यसमा जोड्ने हो भने सडकको अवस्था त्यस समय हेर्नलायक हुन्छ ।

काठमाडांैका सडक सा“घुरा छन् अथवा फराकिला सडकमा पनि सवारीलाई धान्न सक्ने स्थानको अभाव छ । सडकको सम्पूर्ण भाग सवारीले ढाकिएको हुन्छ । सवारी चालकहरूमा ट्राफिक नियमको सही पालनाबारे कुनै चासो देखि“दैन । हरेकमा कुनै न कुनै कुराको अथवा कामको हडबडी रहेको हुन्छ । त्यही हडबडीका कारण ट्राफिक नियमको पर्वाह रह“दैन । सवारी चालकले गलत रुटमा सवारी छिराउने, फुटपाथबाट सवारी हा“क्ने, ठाउ“ कुठाउ“बाट सवारीअघि बढाउन खोज्नेजस्ता काम गर्न थाल्छ । कुनै एक व्यक्तिले सडकको कुनै एक स्थानमा ट्राफिक नियम उल्लंघन गर्छ भने त्यसको असर त्यहा“का अरू सवारीहरू अथवा सिंगो सडक र त्यसका सवारीहरूमा पर्ने गर्छ, जसका कारण ट्राफिक जामलगायत अरू दुर्घटनाहरू निम्तिने गर्छन् ।
काठमाडौंको सडकमा सवारीको चाप दिनानुदिन बढ्दै गइरहेको छ । अझ युवा पुस्तामा बढ्दै गएको तीव्र गतिका सवारीमोहले झनै ठूलो समस्या सिर्जना गरेको छ । सवारी अन्धाधुन्ध तथा नियम मिचेर हा“क्नाले सवारी दुर्घटनाको संख्या पनि झनै विकराल रूपमा बढिरहेको यथार्थ छ । त्यस्तै, अन्धाधुन्ध कुदिरहेका मालवाहक ट्रक, ट्रिपर र यात्रुवाहक सवारीहरूमा नियम, कानुनको कुनै पर्वाह देखि“दैन । न निजी सवारी चालकहरूमा नै देखिन्छ । अझ दुःखलाग्दो कुरा के भने पैदल यात्रुहरूले पनि ट्राफिक नियमको पालना गर्नुपर्छ, ट्राफिक नियमको आवश्यकता पैदल यात्रीलाई पनि उत्तिकै हुन्छ भन्ने कुराको हेक्का कसैमा पनि रहेको देखि“दैन । बाटो काट्दा अथवा सडकछेउ हि“ड्दा हामी ती कुनै कुराको पनि पर्वाह राख्दैनौं । यसकारण नेपालमा ट्राफिक समस्या ज्यू“का त्यू“ रहने निश्चित छ ।
के यो समस्या यत्तिकै रहिरहने हो त ? यहा“का सडकको अवस्था यस्तै दयनीय रहने हो त ? हो भने कहिलेसम्म ? कुनै एउटा रुट जाम भयो भने अथवा त्यो सडकमा समस्या आयो भने त्यसको वैकल्पिक बाटोको व्यवस्था हामीसँग छैन । मान्छेको हतार गर्ने बानी तथा उनीहरूमा देखिएको ट्राफिक नियमको पालनाको अवस्थाको समाधान के त ? जेब्राक्रस, ट्राफिक सूचकहरू, ट्राफिक लाइट र आकाशे पुलको प्रयोग र पालनाबारे कसले कसलाई बुझाउने ? हो, हामीमा यी साधारणजस्ता लाग्ने कुराहरूको सामान्य ज्ञान नभएसम्म यो समस्याबाट हामीले मुक्ति पाउन सक्दैनौं । सडक, ट्राफिक नियम, त्यसका आधारभूत नियम र त्यसको पालनामा सबैले चासो दिए,  यहा“का सडकले भोगिरहेका समस्यामा केही कमी आउने थियो ।


No comments:

Post a Comment