Monday, March 28, 2016

इलामे तरकारी, विषादी र उपभोक्ता

     तरकारी उत्पादनका क्षेत्रमा इलाम जति नामी छ, विषादी प्रयोगका क्षेत्रमा त्योभन्दा पनि अगाडि छ । यहा“का किसानको यथार्थ हो यो । इलामका गाउ“गाउँ घुम्ने हो भने त्यो कुरा सहजै पत्ता लगाउन सकिन्छ ।
जैविक विविधता, अलौकिक प्राकृतिक सम्पदा, परिश्रमी हातहरू, मेहेनती किसान, समग्रमा जो–कोही नवागन्तुकले पहिलो नजरमा इलाममा भेट्न सक्ने कुराहरू हुन् यी । कसैलाई भेट्न बारीमै पुग्नुपर्छ, हातमा केही न केही कृषि औजार रहेकै हुन्छन् प्रत्येकस“ग । विनाकाम कोही बस्दैन । अथवा भनौ“ न, बस्ने फुर्सद नै कसैमा हु“दैन । बस्, काम छैन त जीवन छैन । इलामले वर्षौंदेखि बोकेको ‘स्लोगन’ हो यो ।
जहा“ गुण छ, त्यहा“ दोष पनि हुन्छ नै । सम्भावनाको ठाउँमा समस्या उब्जिन्छ भनेभै“m । बढ्दो विषादी प्रयोग इलामको अति जटिल समस्या हो । हानिकारक यस्ता विषादीहरू, जसले मानव स्वास्थ्यमा ठाडो असर पार्छन्, प्रत्यक्ष अप्रत्यक्ष रूपमा उत्पादक र उपभोक्ता दुवैलाई ।
इलाम तरकारीको खानी हो– इस्कुस, मुला, टमाटर, कोपी, आलु, अदुवा आदिको । आखिरमा परिश्रमी किसान
जो छन् यहा“ । ती उत्पादित तरकारी व्यापारीका माध्यमबाट सिधै झापा झर्छन् र छरिन्छन् नेपालभर । इलाममा तरकारीस“गै विषादी फल्छन् । ती तरकारीस“गै बेचिन्छन् अनि तरकारीकै भाउमा खरिद हुन्छन्, उपभोक्ताद्वारा । यसबाट अमृत र विष एकै पटक सेवन गर्न सकिन्छ ।
तपाईंले कहिल्यै तरकारी खरिद गर्दा यो विचार गर्नुभयो कि तरकारी कुन गुणस्तरको छ ? इलामे तरकारी, हेर्दै ताजा, सलक्क परेको, कति कञ्चन ? आ“खामा विषादी छुट्याउने चिप्स आखिर छैन नि † वाह † क्या बात † पहाडे आलु, पहाडे साग, पहाडे टमाटर...।
हुनत यी कुरा गरिरह“दा आजकल विनाविषादीका त्यस्ता कुनै खाद्यवस्तु छैनन् । विषादीमुक्त चिज पाउनै मुस्किल जस्तो बनिसकेको छ । धानदेखि सागसम्म, स्याउदेखि नास्पातीसम्म, प्रत्येक चिजबाट हामी प्रत्येक दिन परोक्ष रूपमा विष लिइरहेका छौ“ । चाहे मन्द विष नैकिन नहोस् ।
केही वर्षअघि होला, इलाम–सिद्धिखोलाको पानीमा रसायन भेट्टिएको हल्ला आयो । त्यो जरुवा पानीथियो । उम्रिएर बगेको पानीमा त्यस्ता रसायनहरू कहा“बाट मिसिए त ? ती हानिकारक रसायन सायदै कन्यामका चिया बगानमा छर्किएका सुफोक्सका मसिना कणहरू हु“दा हुन् । अथवा कोल्बु¨का गाउ“मा हालिएका पेष्टिसाइडका पातला लेदाहरू हु“दा हुन् ।

अब हेर्नुहोस् त मुहानबाट उम्रिएको पानी, त्यो जरुवा पानी, जुन हामी पिउने गर्छौ“, त्यसमा पनि विषादी भेट्टियो । अनि इलाम विषादीबाट कसरी पो टाढा रहन सक्ला र ?ज्यानै लिने रसायनहरू माटोमा मिसिइसके अबइलाममा । त्यहा“ कुनै पनि प्रकारको जैविक मलको प्रभाव पर्नेवाला छैन । माटो त अब युरिया, डीएपी अनि पोटासका भइसकेका छन् ।
अब एउटा सानो उदाहरण हेरौ“ । मेहेलबोटे (पशुपतिनगर) आलु उत्पादनमा अब्बल अनि नामी छ । इलाम र आलु अनि आलु र मेहेलबोटे उत्तिकै एकअर्कामा अन्योन्याश्रित छन् । त्यहा“ कुनै एउटा किसानले बिउ आलु खरिद गर्छ । जुन बिउ नै विषादीमाथि उमारिएको हुन्छ । ऊ बारीमा फेरि विषादी छर्किन्छ अनि युरिया र डीएपीमाथि आलु उमार्छ । झार उम्रन नदिन फेरि विषादी हाल्छ । हुस्सुबाट जोगाउन पंmगिसाइट हाल्छ, कीरा लाग्न नदिन पेष्टिसाइट हाल्छ । दाना बढाउन औषधि चलाउ“छ । तत्काल आलु बिक्दैन, अनि फेरि छर्किन्छ, आलु ताजा राख्न प्रयोग गरिने औषधि ।
अब हेर्नुहोस्, एउटा आलुका लागि कतिपटक विषादी प्रयोग भएको छ ? त्यहा“ त हजार बार, सयौ“ नामधारी विषादी प्रयोग भएका छन् । यही आलुलाई हामी उपभोक्ता ताजा मानेर खान्छौ“ । पहाडे आलु मानेर खान्छौ“ । अब प्रश्न उठ्छ, हामी कति विवेकशील त ? को कति संवेदनशील ? उत्पादक या उपभोक्ता ?
तरकारी मात्रै होइन, इलामे उत्पादनहरू प्रत्येकमा विषादीको प्रयोग जानाजान या अन्जानवश असावधानीपूर्वक भइरहेको छ । त्यो प्रयोग मासुजन्य उत्पादनमा छ, दूधमा छ, चियामा छ, अदुवामा छ । समग्रमा त्यो लापरवाहीयुक्त प्रयोग इलामका हरेक उत्पादनमा छ ।
तपाईं एक विवेकशील उपभोक्ता हुनुहुन्छ । तपाईंले इलामको कुनै किसानस“ग एउटा प्रश्न सोध्नुपर्ने हुन्छ, शुद्धता थाहा पाउनका लागि ।‘तपाईं आºनो उत्पादन बढाउन के उपाय लगाउनुहुन्छ ?’
उत्तर आउ“छ, ‘खसीलाई भिटामीनको सुई नलगाई फस्टाउ“दैन, चियामा विषादी हालेन भने टिप्नै नपाई जिंग्रिन्छ, फोरेट नहाले सबै अदुवा खुम्लेकै खाजा, औषधिविना बन्दा डल्लि“दैन’ आदि इत्यादि । त्यहा“का जुनसुकै गाउ“का किसानबाट पनि बडो आसानीले फुत्काउन सकिने अक्कलहरू हुन् यी ।हो पनि हरेकका घरमा विषादी छर्कने ट्यांकीहरू छन्, घर छेउछाउ प्रयोग भइसकेका विषादीका खाली सिसीहरू मिल्काइएका छन्, घरमा अलग्गै विषादीको स्टोर रुम छ । भनौ“ न, इलामका हरेक उत्पादनमा विषादीको चर्को प्रयोग छ । समग्र इलाममा विषादीको खानी मौजुद छ ।
तपाई“ समझदार एवं विवेकशील उपभोक्ता हुर्नुहुन्छ । पसलेस“ग नाजायज मूल्यका लागि दलाल गर्नुहुन्छ । बजार मूल्य भन्दा अथवा अपेक्षित मूल्य भन्दा एक पैसा पनि बढ्ता तिर्न चाहनुहुन्न । होटलमा खाजा खा“दा भेटिएको कपालको सानो टुक्रामा बखेडा झिक्नुहुन्छ, गाडी भाडामा विवाद गर्नुहुन्छ, डेट एक्सपायर्ड औषधिप्रति सचेत हुनुहुन्छ । के तपाईंले कहिल्यै आपूmले किन्दै गरेको तरकारीको शुद्धतामा दिमाग लगाउनुभएको छ ? तरकारीको मूल्य ठुलो कि शुद्धता ? समग्र उपभोक्ता संरक्षणवाद सायदै यस विषयमा मौन छ ।
इलाममा तरकारी उत्पादनमा सुनौलो भविष्य छ । तरकारी उत्पादन नै इलामको मुटु हो । विनाकृषिको इलाम रह“दैन । जड कुरो, विनाविषादीले कृषि पनि चल्न सक्दैन । इलाममा विषादी तबसम्म प्रयोग भइरहन्छ, जबसम्म किसान जोस्सिइरहन्छन् । उपभोक्ता अन्धा छन् । उत्पादकलाई पैसाको मोह छ । यस प्रकार इलाममा तरकारी छ र स“गस“गै विषादी पनि छ । त्यो मन्दमन्द तरिकाले कम पैसामै खरिद गरिरहेछन्, यहा“का विवेकशील उपभोक्ताहरू ।


(Published on Rajdhani National Daily 2072-10-29)

No comments:

Post a Comment