बेरोजगारी समस्या एउटा यस्तो खतरनाक समस्या हो, जसको असर व्यक्ति, समाज अनि राष्ट्रका लागि एकदमै प्रतिकूल भएर देखा पर्छ । आर्थिक, सामाजिक, व्यक्तिगत, पारिवारिक अथवा व्यक्तिको समग्र परिवेशलाई अधोगतितिर लान एउटा समाजका एक दुईओटा बरोजगार जनशक्ति नै काफी ठहर्छन् । बेरोजगारीले थिल्थिलिएको दिमाग भयानक हुन सक्छ । बेरोजगारीले जन्माएको नैराश्य अथवा बेरोजगारीले जन्माएको उल्टो सोच अथवा बेरोजगार चिन्तन अथवा बेरोजगार मनस्थिति कसैको भलोमा रह“दैनन् । त्यसैले, एउटा समाजमा एक व्यक्ति मात्रै बेरोजगार रहनु भनेको त्यो सिंगो समाज नै कमजोर रहनु हो । जीवन धान्नकै लागि जे पनि गर्नुपर्ने परिस्थिति आउ“दै त हो अपराध जन्मिने पनि । हो, बेरोजगारीले समाजमा अपराध सिर्जना गर्नेमा दुई मत हुँदैन ।
बेरोजगारी समस्या जुनसुकै उमेर समूहका जुनसुकै व्यक्तिका लागि पनि भयावह हुन्छ । यो उमेरगत हिसाबले हुने कुरो पनि होइन । तर, आमजनजीवन र तमाम तथ्यहरूलाई मध्यनजर गर्ने हो भने युवा अवस्थाको बेरोजगारी अझ जटिल वर्गमा पर्न सक्छ । युवा अवस्था, अझ त्यो पनि प्रारम्भिक चरणकै (सामान्यतयाः २० वर्षदेखि ३० वर्षबिचको) अवस्थालाई अझ जटिल अवस्थाको रूपमा व्याख्या गर्न सकिन्छ । व्यक्ति मानसिक रूपमा परिपक्व भई नसकेको अवस्था अथवा स्वविवेकले राम्ररी काम गर्न थालिनसकेको अवस्था नै युवा अवस्थाको रूपमा चिनिन्छ । अथवा, जीवनको यस्तो प्रारम्भिक चरण, जसले बा“की रहेको सिंगो जीवनको मार्गचित्र कोर्ने गर्छ । यही उमेर अवस्थामा व्यक्तिको सोचाइ पनि परिष्कृत भएर आउ“दै गरेको हुन्छ । उसका योजनाहरू निर्माण हुँदै हुन्छन्, भविष्यका योजनाहरू बुनिन्छन्, केही गरौं भन्ने भावनाको निर्माण भएको हुन्छ । यही बेला बेरोजगारीले कसैलाई गा“ज्छ भने त्यो हरकोहीले पनि सहन सक्ने खालको हु“दैन, जसको परिणाम सधैं नकारात्मक नै हुने गर्छ ।
तमाम तथ्यांकलाई आधार मानेर हेर्ने हो भने नेपालमा अहिले कम्तीमा पनि १० लाख युवा जनशक्ति बेरोजगार रहेको अवस्था छ । विगतमा भएको सशस्त्र जनयुद्ध, अस्थिर राजनीति, सरकारको स्पष्ट नीतिको अभाव, कमजोर अर्थव्यवस्था अनि गति लिन नसकेको औद्योगिक विकासलगायतका कारणले युवा बेरोजगारी बढाउन महŒवपूण भूमिका निर्वाह गरिरहेका छन् । देश विगत लामो समयदेखि संक्रमणको दलदलमा फसेको छ । युद्धको धङधङी अभैm सकिएको छैन । राजनीतिक अवस्था नाजुक छ । वर्षैभरि भइरहने आन्दोलनले अवस्था झनै नाजुक बनाउ“दै लगेको छ । व्यक्तिको क्षमता, योग्यता, सिप अनि कामप्रतिको दक्षताका आधारमा नभई पैसा र प्रभावका आधारमा उसको मूल्यांकन गर्ने चलनको विकास हु“दै छ । हैकमबाजले चलाएको देशमा कुनचाहि“ इमानदारले ठाउ“ पाउला र ? यसले गर्दा कलिलै उमेरमा व्यक्तिमा भ्रष्टाचारको अभ्यास विकसित हुनु कुनै अनौठो कुरा रहेन अब ।
समग्रमा हेर्ने हो भने नेपालमा दुई प्रकारका युवा जमात देखिन्छन् । एक, जो इमानदार छन् । ती आºनो योग्यता र क्षमतामा विश्वास गर्छन् । ती पढ्न चाहन्छन् र आफूले पढेर पाएको ज्ञान आºनै देशका लागि प्रयोग गर्न चाहन्छन् । जसलाई देशको माया छ । सानै भए पनि केही योगदान दिन चाहन्छन्, देशलाई । यिनीहरूमा भ्रष्टाचारप्रति वितृष्णा छ । देशको अवस्थाप्रति चिन्तित रहन्छन् । देशको काबिल समूह हो यो । असल सोच्ने, असल हुने अनि असल नै गर्न खोज्ने । यो जमात् बौद्धिक पनि छ । यसमा योजनाहरू छन् अनि त्यसलाई कार्यान्वयन गर्न सक्ने क्षमता पनि छ । तर, अफसोच हाम्रा यही जमात अहिले प्रयोगविहीन छ । बेरोजगार छ । अयोग्यको बिल्ला भिर्न बाध्य छ । शोषित छ ।
दोस्रो, जो स्वभावैले भ्रष्ट छ । जसको बालापन नै खराब छ । जसको स्कुलिङ नै खराब छ । जो हरकुरामा आºनो फाइदा हेर्छ । जसलाई ज्ञान र पढाइभन्दा कूटनीति र जालसाजीमा विश्वास छ । जो आºनो स्वार्थका लागि मात्रै देशमा बसेको छ । जो सानासाना सेवाहरूमा पनि नाफाघाटाको हिसाब गर्छ । जसलाई सेवाको अर्थ थाहा छैन । आºनो सोच्ने, आपैंm उठ्ने अनि आपैंm मात्र बनिन खोज्ने । जो नेताको अघिपछि हि“ड्न रुचाउ“छ । खासमा यो समूह देशका लागि योग्य छैन । तर, देशमा यही जमातको हालीमुहाली छ । जो संख्यामा पनि सानो छ तर हरठाउ“मा यसैको प्रभाव छ । भ्रष्ट नेताहरूको फाइदाका लागि ।
समस्या यस्तैबाट सुरु हुन्छ । असल हुन्छु भन्दा पनि जब कोहीलाई खराब बन्न बाध्य पारिन्छ भने, केही गर्छु भन्दा दिइ“दैन भने, अवसरका सारा ढोकाहरू बन्द गरिन्छन् भने, आपूmले आर्जन गरेको ज्ञानको सही उपयोग हुन सक्दैन भने, जब आपूmले आस गरेको ठाउ“मा आपूm भन्दा कम योग्य व्यक्तिले आरक्षण पाउ“छ भने, जब सही सोच्दा पनि खराब व्यवहार मिल्छ भने योग्य र असल व्यक्तिलाई के लाग्ला ? द्वन्द्वको सुरुआत पनि यस्तैबाट सुरु हुन्छ । अपराध पनि यस्तैबाट सुरु हुन्छ । भ्रष्टाचार पनि यस्तैबाट सुरु हुन्छ । जब युवाले समाज, राजनीति अनि आपूm आसपासको परिवेशबाट आस गरेको कुरा पाउ“दैन, उसमा नैराश्य उत्पन्न भई नै हाल्छ । त्यो स्वाभाविक हो । बेरोजगारीले अझ त्यसमा पीडा थप्छ । तब त्यो इमानदार पनि व्यभिचारी बन्न बाध्य बन्छ । हो, कारण यस्तै हो, जसकारण व्यक्तिमा दुइटा मुख्य विकल्पबाहेक अर्को बाटो बन्द भएको हुन्छ कि विदेश पलायन हुने कि यही“ बसेर आपूmमा पनि भ्रष्ट सोचको विकास गर्ने ।
समस्या कहा“बाट सुरु भयो त ? यसको अन्त्य कहा“ हुने हो ? कहिलेसम्म यस्तै भइरहने ? को जिम्मेवार बन्ने यो सबका लागि ? कसले भूमिका खेल्ने समाधानका लागि ? खेले पनि कस्तो भूमिका खेल्ने ? दैनिक विदेश भासि“दै गरेका हजारौं जमातलाई रोक्न सक्ने योजना कोस“ग छ ? बेरोजगारीको जड के हो ? युवा के चाहन्छ ? के पाइरहेछ ? योग्य जनशक्ति बिदेसिएर कमजोरले आरक्षण पाउने कानुनको अन्त्य कहिले हुने ? कसले सक्ने अन्त्य गर्न ? नीतिनियम, सिद्धान्त, कानुन बनाएर अथवा बोलेर मात्रै अब केही हुनेवाला रहेन । कागजी घोषणाले अथवा भाषणका गफले अथवा मिडियाका अन्तर्वार्तामा देखाएका फोस्रा आश्वासनले पनि केही लछार्न नसक्ने भयो । स्पष्ट कार्यनीति कसले ल्याउने त ? त्यसको जिम्मेवारी कसले लिने ? हरप्रश्न अनुत्तरित भएर रहिरहेका छन्, वर्षौंदेखि । यी प्रश्न यसरी नै अनुत्तरित नै रहिरहनेछन्, आगामी धेरै वर्षसम्म पनि ।
युवा विकासका लागि भनेर अनेक संस्थाहरू खोलिए÷खोलिरहेका छन् । सरकारको बजेट पनि छुट्टियो होला कतिकति । कसले कुन ठाउ“मा के कस्ता कामहरू गरेका छन् त ? अथवा केही उपलब्धि पनि छन् त ? उपलब्धि भए कहा“ छ ? हचुवाका भरमा गठन गरिएका सरकार मातहतका युवा विकास संस्थाहरू सरकारी पैसा पचाउन मात्रै सीमित रहे । गैरसरकारी संस्थाहरू विदेशी अनुदान कुम्ल्याउन । ‘युवा विकास’ नामधारी संस्थाहरू कुन ठाउ“मा कस्ता युवाहरूको विकास गर्दै छन् त ? बेरोजगारीले जर्जर बनेको समुदाय तिनीहरूको सूचीमा पर्दैन या तिनीहरूको लक्ष्य ती होइनन् ? समस्या हिजो जहा“ थियो, आज पनि त्यही“ नै छ । ज्यू“का त्यू“ छ । गाउ“बाट हुलका हुल निस्किएका जनशक्तिहरू, सहरका बौद्धिक भनाउ“दा जनशक्तिहरू, अथवा युनिभर्सिटीले उत्पादन गरेका विद्वान्हरू, कोको कहा“कहा“ कस्तो अवस्थामा छन् ? कुनै तथ्यांक कसैस“ग छ ? खाडी, युरोप, अमेरिका, अस्ट्रेलिया, भारत अथवा यस्तै अरू विदेशी भूमिमा ती छरपस्ट छन् । अफसोसको कुरा देशले युवा गुमाइरहेछ ।
युवामा देखिएको यो बेरोजगारीको समस्या केवल व्यक्तिका लागि होइन, राष्ट्रकै लागि समस्या हो । समाज, परिवार, आसपासको परिवेश सबैसबैका लागि समस्या हो । यो देश कति निरीह छ भन्ने उदाहरण हो । सरकारको लाचारीको पराकाष्ठा हो । आजका शिक्षित, सचेत, सिपवान अनि इमानदार जवानहरू यसरी अनुत्पादक भएर रहनु पक्कै पनि कसैका लागि हितको कुरो होइन । यो सोच्नै पर्ने बेला हो । कसै न कसैले त यसबारे ठोस कदम उठाउनैपर्ने हुन्छ । सरकार, प्रशासन, सरकारका संयन्त्रहरू, नेताहरू, युवाका लागि काम गर्ने सरकारी गैरसरकारी संस्था÷संगठन अथवा सम्बद्ध सबैले । तर कहिले ?
युवा विकासका लागि भनेर अनेक संस्थाहरू खोलिए÷खोलि“दै छन् । सरकारको बजेट पनि छुट्टियो होला कतिकति । कसले कुन ठाउ“मा के कस्ता कामहरू गरेका छन् त ? अथवा, केही उपलब्धि पनि छन् त ? उपलब्धि भए कहा“ छ ? हचुवाका भरमा गठन गरिएका सरकार मातहतका युवा विकास संस्थाहरू सरकारी पैसा पचाउन मात्रै सीमित रहे । गैरसरकारी संस्थाहरू विदेशी अनुदान कुम्ल्याउन ।
(Published on Rajdhani National Daily 2072-10-06)

No comments:
Post a Comment