Monday, March 28, 2016

आखिर कहिलेसम्म ?

     देश अन्धकारमा छ । भविष्य अन्योलपूर्ण छ । ठप्प नाका, ठप्प उद्योगधन्दा, ठप्प प्रशासनिक निकाय, ठप्प शैक्षिक संस्थाहरू, ठप्प राष्ट्रिय आम्दानी । समग्रमा ठप्प देश । कारण जे होस् । गल्ती जस्कोसुुकै किन नहोस् । नेताको बेइमानी अथवा शासकको कुनियत । अथवा जनप्रतिनिधिको व्यभिचारी सोचको उपज । अथवा जे होस् । देशले पाउनु दुुःख पाइरहेको छ । यसको परिणाम पक्कै पनि राम्रो हुनेछैन । यो राम्रो लक्षणको संकेत पनि होइन । अस्थिरताले कसलाई फाइदा पु¥याएको छ र ? अस्थिर राजनीति राष्ट्रका लागि फाइदाकारक छ र ? सरकारको नालायकीपन, कमजोर प्रशासन, अन्योलग्रस्त जनता, मौलाउ“दो कालोबजारी, निराश जनता, आखिर कहिलेसम्म ?

विगत धेरै वर्षदेखि हामीले यही अन्योल खेप्यौं, सह्यौं, भोग्यौं, हे¥यौं । यसरी नै भोगिरहेछौं÷सहि™हेछौं । एउटा सामान्य नागरिकले पाउनैपर्ने अधिकार पनि हामीले पाएका छैनौं । संविधानप्रदत्त अधिकार पाउन कहिलेसम्म यसरी नै तड्पिइरहनुुपर्ने हो ? प्रजातन्त्रका नाराहरू हाम्रा अगाडिका पुस्ताले लगाए । हामीले पनि तिनै नारा दोहो¥यायौं, अभैm पनि दोहो¥याइरहेछौं । स्थायित्वको आशा हाम्रा अगाडिका पुस्ताले राखेथे । हामी पनि त्यही आशा बोकेर अभैm बाटो हेरिरहेछौं । विकासको सपना हाम्रा अगाडिका पुस्ताले देखे÷देखाइए, हामी पनि त्यही सपनामै बा“चिरहेछौं, अभैm पनि । उही कुरो विगत पचास या सय वर्ष अघिदेखि गरिए, ठिक त्यही कुरो उही प्रसंगमा उही तरिकाले अभैm पनि दोहोरिइरहेका छन् । अनुहार फरक होलान्, नेतृत्व फरक होला, समय फरक होला, जनता फरक होलान्, अथवा एउटा सिंगो इतिहास नै फरक होला, तर कुरोको चुरो उही छ । यो सदियौं अघिदेखि उही शैलीमा दोहोरिइ नै रहेछ । आखिर कहिलेसम्म ?
युवाको लामो लर्को एयरपोर्टबाट दैनिक बाहिरिइरहेछ । यता रहेकाहरूको पनि अधिकांशको स्थिति नाजुक छ । रोजगारीको अवस्था विकराल छ । शैक्षिक बेरोजगारहरू बढिरहेका छन् । न सरकार, न सरकार निकटका निकायहरू । न गैरसरकारी संस्थाहरू, न अन्य सरोकारवालाहरू । कतैबाट कुनै पनि प्रकारको ठोस अनि सार्थक पहल हुन सकिरहेको छैन, अभैm पनि । राष्ट्रको जनशक्ति, त्यसमा पनि मुख्य जनशक्ति, सीमाबाहिर छ । कारण के हो ? थाहा छैन । तर, राष्ट्रले हर साल, हर महिना अथवा हरदिन घाटा बेहोरिरहेछ । बढ्दो युवा बहिर्गमनले राष्ट्रलाई पक्कै फाइदा गर्दैन । यसकारण देशमा रहेका स्रोत साधनहरू प्रयोगविहीन भइरहेका छन् । यसकारण स्थानीय स्तर अथवा राष्ट्रिय स्तरमा हुनुुपर्ने विकास निर्माणका कार्यहरू भइरहेका छैनन् ।
जनशक्ति बहिगर्मनको पीडा हामीले वर्षौं अगाडिदेखि भोग्दै आइरहेका छौं । उही पीडा अभैm निको भइसकेको छैन । रेमिट्यान्सले देश बन्दो हो त यत्रो वर्षसम्म किन बनेन त देश ? हामी किन अभैm पनि जही“को त्यही“ छौं ? विदेशको पैसाले एक पुस्ता पनि राम्ररी पालिन नसकेको अवस्था छ, दोस्रो पुुस्ताले कसरी गरिखाने ? हामीलाई यिनै कुराले अल्मल्याइरहेछन् अभैm पनि । दुुई छाक खाना, एउटा घर, परिवारको पालन पोषणजस्ता सामान्य कुराहरूमै दिमाग खियाउनमै हामीलाई ठिक्क छ । यस्तै वाहियातजस्ता लाग्ने कुराहरूमै दिमाग खियाउनमा हामीलाई ठिक्क छ । अनि हामी कहिले सोच्न सकौंला र विश्वमा आफ्नो उपस्थिति ? यो देशमै रहेर अथवा आºनै घरमा बसेर कहिले देख्नु विश्वमा हा“क दिने सपना ? के हामीलाई त्यो हक छैन र ? छ यदि भने त्यसको सुनिश्चितता कसले गर्ने ? कहिले आउला त त्यो दिन ? लेखेर दिन कसले सक्ने ? अफसोसको कुरा यही छ, हालसम्म यो देशमा त्यस्तो कुनै शक्ति जन्मिन सकेको छैन ।
विकास केले गर्छ ? कामले या बोलीले ? सिद्धान्तकै आडमा चम्किएका मुलुकहरू कति न् ? फरक राजनीतिक पृष्ठभूमि भएका राष्ट्रहरू, चीन र अमेरिकामा कुन बढी सफल ? लेनिन या गान्धी, कसको दर्शन उत्कृष्ट ? यस्ता प्रश्नहरू सरल भए पनि जवाफमा एकरूपता नहुन सक्छ । सिद्धान्त ठुलो कुरो कि त्यसको प्रयोग ठुलो ? वास्तवमा लेनिन या माओ जन्मँदैनथे यदि भने माक्र्सवाद केही फिक्का जरुर हुने थियो । सिद्धान्तपछिको मुख्य कुरो त्यसको प्रयोग हो । हामीले त्यो जानेनौं । हो पनि विगत सयौं वर्षदेखि हामीलाई त्यही कुरा रटाउ“दै आइरहिएको छ, यो सिद्धान्त यस्तो, यो सिद्धान्त उस्तो । खासमा त्यसको प्रयोग के हो र कहा“ प्रयोग गर्ने ? त्यसबारे हामी बिल्कुलै अनभिज्ञ भइरह्यौं । १० वर्ष जनयुद्ध लडेको पार्टी माओवादीको सिद्धान्त कता हरायो ? वर्षौं राजनीति गरेको नेकांको सिद्धान्त के गर्छ ? एमालेको जबजजस्ता दर्शनहरू कुन कुनामा थन्किए ? कसले के ग¥यो ? युद्ध, चुनाव अनि आन्दोलनका नारा फोस्रा हु“दा रहेछन्, बिल्कुलै फोस्रा ।
विश्व नया“ युगमा प्रवेश गरिसक्यो । विकास भइसकेका मुलुकहरू आºनो विकासको रºतार धान्न नसक्ने अवस्थामा पुगिसकेका छन् । विकास हु“दै गरेका राष्ट्रहरू पनि उचाइ छुनलाई संघर्षरत छन् । त्यस्ता राष्ट्रको राजनीति स्थिर छ, जनता सबल छन्, नेतृत्वमा स्पष्ट ‘भिजन’ छ, योजना छन्, र त ती विकसित छन् । अनि हामीमा ? हामीमा के छ ? हो हामीमा केही पनि छैन । न गतिलो राजनीति, न गतिलो नेतृत्व । न गतिला नेता, न गतिलो सोच । त्यसैले त हामी बिसौं वर्ष पछि छौं । हामी जहा“ थियौं, आज पनि त्यही“ छौं । मात्रै थोरै घस्रिएका छौं, तर सोचले हामीलाई जही“को त्यहीँ छोडेर गएको छ ।
हो, कम विकसित देशमा सरकार कमजोर बन्छ भने त्यहा“ घुसपेठियाहरूको मनोमानी चल्छ । प्रशासन कमजोर भएपछि त्यहा“ बाहिरियाहरूको मनोमानी चल्छ । राजनीतिक भागबन्डा अथवा राजनीतिक दबाब त्यहा“ बलियो बन्छ । नेपालमा हाल भइरहेको त्यही हो । निहँु चाहे जे होस्, बस बहाना चाहिएको छ । भूकम्प या नाकाबन्दी या सरकारको फेरबदली । देशले दुःख पायो र पाइ नै रहेको छ । जनता अन्योलमा थिए र रही नै रहेका छन् । युवा पलायन उस्तै छ, कालोबजारी उस्तै छ, मह“गी उस्तै छ, देशमा विदेशी चलखेल उस्तै छ, सत्तालिप्सा उस्तै छ, पद र शक्तिको भागबन्डा उस्तै छ । सब कुरा उस्तै छन् । सिर्पm जनता दुःखी थिए, दुःखी छन् । अरूलाई त बस बहाना न चाहिएको छ । अफसोसको कुरा बहाना पनि एकपछि अर्को गर्दै तिनै सीमित मानिसको पक्षमा पल्टिरहेछ । आखिर कहिलेसम्म ?
यो समस्या कहिलेसम्म त ? समस्या छ त समाधान पनि छ । कारक छ त कारण पनि छ । हामीमा समस्या छ । तर, किन हामी कहिल्यै समाधान खोज्दैनौं ? यत्रा बिघ्न आन्दोलन अनि यत्रो बिघ्न परिवर्तनले पनि हामीमा किन परिवर्तनको एक रत्ति पनि महसुस हुन सकेको छैन ? किन कुनै ऐतिहासिक भनिएका राजनीतिक उथलपुथलले पनि जनताको स्तरोन्नति गर्न सकिराखेको छैन ? किन देश जहा“को त्यही“ छ वर्षौंदेखि ? जवाफ कोस“ग होला ? जिम्मेवार निकाय कुन हो ? कहिलेसम्म देश यथास्थितिमै रहनुपर्ने ? कहिलेसम्म ? आखिर कहिलेसम्म त ?

(Published on Rajdhani National Daily 2072-11-06)

No comments:

Post a Comment