विकिपिडियाले देखाएको एउटा तथ्यांकले भर्खरै मेरो दिमाग रन्थन्यायो । मलाई आश्चर्यमा पा¥यो । मलेसिया, बर्मा, साउदी अरेबिया, यूएई, कतार, अमेरिकाजस्ता मुलुकमा छरिएर रहेका नेपालीको सूची त्यहा“ देख्दा पत्याउनै नसकिने खालको थियो । देशको कुल जनसंख्याको १० प्रतिशतभन्दा ज्यादा नेपाली देशबाहिर रहेछन् भन्ने थाहा पाउ“दा केही अनौठो महसुस भयो । अनौठो र अचम्म यस अर्थमा भयो कि त्यो संख्यामा युवाको संख्या ज्यादा थियो । अर्थात्, देशको महŒवपूर्ण शक्तिमध्येको एउटा मुख्य अनि महŒवपूर्ण शक्ति युवा, त्यो पनि बहुसंख्यामा देशबाहिर । त्यो पनि बेरोजगारीको भोकले पिल्सिएर बाहिरिएको एउटा शिक्षित समूह । जम्मा जोडेर हेर्ने हो भने त्यो संख्या २० लाख भन्दा माथि आउ“छ । अझ अरू त्यस्ता गैरआवासीय नेपालीका लागि काम
गर्ने संस्था, संगठनका तथ्यांक हेर्ने हो भने त्यो संख्या अभैm बढी पाउन सकिन्छ । त्यसमा भारतको तथ्यांक समावेश थिएन । सोचे“, भारतसहितको संख्या गणना गर्ने हो भने त्यो कहा“ पुग्ला ?
नेपालबाहिरका नेपालीका बारेमा यसो बसेको बेला खोजेको तथ्यांक यस्तो मगज हल्लाउने नै होला भन्ने कल्पना पनि थिएन ममा । आधा अर्को नेपाल, जो नेपालबाहिर छ भन्ने कुरा पहिल्यै सुनेको भए पनि त्यसलाई यसरी गहिरिएर सोचिएको रहेन
छ पहिले । स्थिति एक प्रकारले अत्यासलाग्दो लाग्ने । सा“च्चै नै नेपालबाहिर अर्को नेपाल बनिसकेको रहेछ । विकिपिडिया नै कति सत्य होला र ? यसका तथ्यांक नै अन्तिम सत्य हुन् भन्ने के नै प्रमाण छ र ? अथवा हुन पनि सक्छ । अथवा त्यसरी सूची नै बनाएर दिइसकेपछि त्यसमा विश्वास गर्न सक्ने आधार थियो । हरेकमा सन्दर्भ सामग्रीसहितको लिंक थियो । मैले त्यसमा दिइएका सबै
लिंक खोलेर पनि हेरें । नेपालकै संस्थाहरूले राखेको तथ्यांक पनि हेरे“ । अन्ततः त्यो गणितीय मानकलाई स्वीकारें ।
नेपालको कुल अर्थतन्त्रमा रेमिट्यान्सले १५ प्रतिशत भन्दा बढी हिस्सा ओगट्छ । कुल गार्हस्थ उत्पादनमा ठुलो भूमिका निभाएको छ । राष्ट्रिय आमदानीमा महŒवपूर्ण स्थानमा छ । अझ ग्रामीण क्षेत्रमा हेर्ने हो भने त्यहा“को अर्थतन्त्र लगभग रेमिट्यान्सकै भरमा चलेको छ । घरको एक न एक सदस्य विदेशमा छ । गाउ“बाटै एउटा पुस्ता पलायन भएको स्थिति छ । त्यसको आडभरोसामा बाहिरिनका लागि अर्को पुस्ताको पनि लाम सुरु भइसकेको हुन्छ । बजारमा म्यानपावरको विज्ञापन अनि त्यसका एजेण्टका गफ सुन्दा लाग्छ, अब विदेश नजाने मान्छेको यहा“ काम छैन । हर मध्यम परिवारको दबाब आºना सन्तानलाई विदेश नै पठाउने हुन्छ । समाजमा लहड चल्या छ, विदेश नै जाने । अब समयले नै आपै“m व्यक्तिलाई विदेशमोही बनाउन थालिसकेको अवस्था छ । त्यसले एउटा लहडका रूप लिइसकेको छ । हरेक गाउ“मा, हरेक समाजमा, हरेक परिवारमा अनि हरेक व्यक्तिमा छ यो लहड, अतिसामान्य परिवारदेखि अतिउच्च घरानासम्म । अतिकम शिक्षितदेखि, उच्चशिक्षितसम्म । यो आमनेपालीका दिमागमा रोगसरी पसिसकेको छ ।
उसो भए त्यो रेमिट्यान्सको प्रयोग कति सकारात्मक छ त ? त्यो सही ठाउ“मा लगानी भएको छ ? नागरिकको जीवनस्तरमा कस्तो परिवर्तन गर्न सकेको छ त्यसले ? त्यो विदेशी पैसाले यहा“ कस्तो किसिमको विकास हुनुपथ्र्यो ? कस्तो भइरहेछ ? के त्यो पैसाले लगानीकै रूप लिन पायो त ? यदि सामान्य ग्रामीण परिवारबाट विदेश उडेको एउटा अतिसामान्य नागरिकका रूपमा हेर्ने हो भने त्यो रेमिट्यान्सले लगानीका रूप लिन पाएको देखि“दैन । गाउ“भन्दा केहीपरको अलिक बढी विकास भएको सहरोन्मुख बस्तीमा किनिएको केही आना जग्गा, जहा“ एउटा घरसम्म बनाउन मिल्ने ठाउ“ हुने गर्छ, एउटा सानो चारकोठे कंक्रिट, साहुको ऋण अनि त्यसको ब्याज, एउटा गतिलो ल्यापटप, दुईचार थान गतिला मोबाइल सेट, केही जोर लत्ताकपडा, आफन्तका लागि केही गिºट, एउटा मोटरबाइक, अनि भइपरीका लागि केही हजार बैंक ब्यालेन्स । एउटा आमनेपालीको विदेशको कमाइ यतिमै सीमित भएको देखिन्छ । त्यो भन्दा केही बढेर गएको भए त्यसको पनि खास महŒवपूर्ण उपलब्धि देखिएको छैन ।
सामान्यतया १८ वर्ष उमेर पुगेपछि व्यक्ति परिपक्व हुने गर्छ । उसमा ज्ञानको दायरा बढ्न थाल्छ, विवेकले स्थान लिन सुरु गर्छ, जोस देखापर्न थाल्छ, शारीरिक विकास तीव्र बन्छ साथसाथै मानसिक विकासले पनि तीव्रता पाउ“छ । यही उमेर उसका लागि उत्पादनमूलक पनि हुने गर्छ । केही गरौं भन्ने जोश, उत्साह भरिएको हुन्छ । शारीरिक क्षमता बढेको हुन्छ । राष्ट्रले सक्षम जनशक्ति नपाउ“दै गुमाउ“छ । अर्थात्, ऊ त्यही बेला देशबाट बाहिरिन बाध्य हुन्छ÷पारिन्छ । उसले आºनो क्षमता अरूका लागि प्रयोग गर्छ, आºनो ज्ञान अरूकै लागि खर्चिन्छ, आºनो मिहिनेत अरूकै लागि सुम्पिन्छ । बदलामा केही झिनो रकम हात पार्छ । त्यतिमै सन्तुष्ट पनि हुन्छ । हो, आमनेपालीको बाध्यता पनि यही हो कि उसको एउटा उमेरको सुरुआत विदेशमा सुरु भएर विदेशमै टुंगिराखेको छ । नेपालबाहिरको अर्को नेपाल यही गतिमा घस्रिएको वर्षौं बितिसकेको छ ।
आमनेपाली युवाको बाध्यता भइसकेको छ, आºनो महŒवपूर्ण समय देशबाहिर बिताउने । आºनो सिर्जनात्मक उमेर अरूका लागि सुम्पिने, त्यो पनि अतिकठोर शारीरिक श्रम खर्चेर, अतिकम पैसामा उसले आºनो श्रम अरूकै लागि सुम्पिएको हुन्छ । यो अवस्था कहिलेसम्म ? देशकै लागि भनेर केही नया“ सोच्ने दिन कहिले आउने नेपालमा ? नेपालबाहिर रहेको त्यो समूहलाई यही“ केही छ भन्ने विश्वास कसले दिलाउने ?
आजको विश्वव्यापीकरणको जमानामा वैदेशिक रोजगारीलाई नराम्रो मान्ने ठाउ“ विल्कुलै पनि छैन । रेमिट्यान्सलाई पनि गतिलै लगानीका रूपमा मान्न सकिन्थ्यो, यदि त्यो सही रूपमा प्रयोग हुन्थ्यो भने र यदि त्यो लगानीलाई लगानीकै रूपमा लगानी गर्न सकिन्थ्यो भने । न सरकार, न व्यक्ति अथवा न परिवार, आजका दिनसम्म कतैबाट पनि त्यसबारेमा सोचविचार भएको छैन नेपालमा । कुनै निकाय पनि यस विषयमा खासै गम्भीर हुन सकेको छैन । कुल रेमिट्यान्सको केही प्रतिशत मात्रै रकम, एकमुष्ठ संकलन गरी लगानी गर्दा त्यो प्रभावकारी हुन सक्थ्यो । सरकार किन मौन छ ? सरकारबाहिरका संगठनहरू किन यो विषयमा आवाज उठाइरहेका छैनन् ? त्यो लगानी कहा“ चुहिएको छ त ? कहा“ गइरहेछ त्यत्रो लगानी ? प्रश्न कहिलेसम्म यत्तिकै अनुत्तरित भइरहने ?
यो एकदमै दुःखलाग्दो अवस्था हो । आधा नेपाल, त्यो पनि श्रमजीवी समूह, त्यसमा पनि युवा, अनि त्यो पनि राष्ट्रको प्रमुख शक्ति देशबाहिर हुनु कुनचाहिँ राष्ट्रका लागि राम्रो अवस्था हो र † यसले पक्कै पनि राम्रो नतिजा ल्याउ“दैन । त्यो कदापि राष्ट्रहितका लागि हुने छैन । बरु त्यसले अरू कति पुस्ता यही अवस्थामा रहनुपर्ने हो भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ ।
नेपालबाहिरका नेपालीका बारेमा यसो बसेको बेला खोजेको तथ्यांक यस्तो मगज हल्लाउने नै होला भन्ने कल्पना पनि थिएन ममा । सा“च्चै नै नेपालबाहिर अर्को नेपाल बनिसकेको रहेछ ।
(Published on Rajdhani Nationa Daily 2072-09-30)

No comments:
Post a Comment