Monday, March 28, 2016

‘स्कुलिङ’ बिग्रिएको राजनीति

     केही समयअघि एक विद्यार्थी नेताले फोनमा कसैस“ग गफ गर्दै गरेको सुनें । उनी भन्दै थिए,‘५० हजार हाम्लाई बस्छ भने काम हुन्छ भन्दे ।’ फोनमा अर्कोपट्टिको मान्छे के बोल्दैथ्यो थाहा भएन, तर सो विद्यार्थी नेता दलालीको मुडमा बिलकुलै देखिन्थेन । लामो कुरा नगरिकनै ऊ कुरो टुंग्याउनै हतारियो । अन्ततः सायद ५० हजारमै कुरा मिल्यो क्यार, साथी फोन राख्दै मतिर फर्केर मुस्कुराएथ्यो फिस्स...

– सन्दर्भ इन्जिनियरिङ भर्ना कार्यक्रम केही सालपहिला एउटा साथीले राजनीतिक बलमा सरकारी नियुक्ति पाएथ्यो । केही सालपहिला एउटा साथी राजनीतिक सिफारिसमा छात्रवृत्ति पाएर अस्ट्रेलिया पढ्न गयो । केही सालपहिला मात्रै आवाराजस्तो घुमिहि“ड्ने एक मित्र आजकल पैसा र पावरको धाक लगाउ“छ । अरू त के पंक्तिकार स्वयं पनि केही सालअघिसम्म राजनीतिक सिफारिसमा गरिबको छात्रवृत्तिमा स्नातक पढ्दै थियो, विर्तामोडको एक निजी कलेजमा । अहिले सम्झि“दा पनि कहालीजस्तो लाग्छ ।
बहस यतै कतैबाट सुरु हुन्छ । राजनीतिले मानिसलाई के दिन्छ त ? पैसा ? पावर ? सम्मान र इज्जत ? अझ विद्यार्थीलाई के दिन्छ ? धाक ? रवाफ ? अझ मूल विषय, वास्तवमा राजनीति के हो ? पेसा या सेवा ? राजनीतिको व्याख्या गर्ने यही घनचक्करमा कसैले यसलाई विशुद्ध पेसा बनाएका उदाहरण पनि छन् । सेवाको नाममा मेवा लुछिरहेकाहरू पनि छन् । आफ्नो बदनाम छविलाई राजनीतिक रंग पोतेर चम्किएरै हि“डिरहेका पनि छन् । निःस्वार्थ कामको प्रचार गर्दै बदमास नियत बोकेकाहरू पनि छन् । हामीले हाम्रै देशको सन्दर्भलाई हेर्ने हो भने त त्यस्ता उदाहरण आफ्नै आसपासमा पनि फेला पार्न सक्छौं । अनि झनै गहिरिएर विश्लेषण गर्ने हो भने त्यो गुुण हामी आफैंमा पनि फेला पार्न सक्छौं । हो, हाम्रो राजनीतिको ‘स्कुलिङ’ बिग्रिएकै छ ।
जब एउटा कलेज पढ्दै गरेको विद्यार्थीको दिमागमा पैसाको भूत चढ्छ, जब एउटा विद्यार्थीलाई राजनीतिक आडमै छात्रवृत्ति मिल्छ, जब कसैले राजनीतिक पहु“चकै आधारमा आरक्षण पाउ“छ र जब एउटा किशोर मस्तिष्कमै शक्तिको नशा चढ्छ भने हाम्रो राजनीतिक स्कुलिङले के दिइरहेको छ भन्ने प्रश्न त उठ्छ नै अनि जब व्यक्तिको प्रतिभाभन्दा गतिलो गरी भनसुन र चाकरीले फाइदा उठाउ“छ भने, जब कलेजमै सानातिना कुराहरूमा भागबन्डा सुरु हुन्छ भने सम्झिनै पर्ने कुरा यही छ, त्यहा“को स्कुलिङ खराब छ भन्ने बुझ्नुपर्छ । राजनीतिको फोहोरी चलखेलले देशका होनाहार मस्तिष्कहरू ध्वस्त बनाउ“दै लगिरहेको छ । अथवा यसो भनौं त्यस्ता कुनै पनि विद्यालय, कलेज या त विश्वविद्यालयका जनशक्ति काम लाग्ने निस्केलान् त ? योग्य निस्केलान् त ? राजनीतिले झिलिक्क पारेको जनशक्तिले देशलाई कहिल्यै उ“भो
लगाउन सक्दैन ।
देशका ठुला अथवा माउ पार्टी भनाउ“दाहरूकै अवस्था लम्पट छ यहा“ । यस्तो लम्पटपन सत्ताको होस् या सम्पत्तिको तर लम्पटपन छ । पद र प्रतिष्ठाको लडाइ“मा लाज पचाएर मैदानमा उत्रिन कसैलाई कुनै आइतबार छैन । सारा देशले थाहा पाएको कुरा हो यो । वर्षौंको यो लम्बेतान लुछाच“ुुडी र निर्लज्ज राजनीतिक खेलमा धेरैले आºनो सिंगो जीवन बिताइसकेका छन् । अभैm कति बिताइ नै रहेछन् । नेतृत्व पंक्तिमा उभिएकाहरू हुन् या दोस्रो या तेस्रो वरीयतामा खुम्चिएकाहरू, सबैमा एकै किसिमको लोभ छ । एकै किसिमको दाउ छ । त्यही लोभ अनि दाउ चौथो, पा“चौं या छैठौं या त्योभन्दा अझ तलतल सरेर गाउ“स्तरसम्मै छ । त्यो एकाइएकाइमा झरेको छ । गाउ“, नगर अनि कलेजसम्मलाई त्यसले अछुतो छाडेको छैन । अनि त्यही सिको उस्तै तवरमा विद्यालय र कलेजहरूभित्र पनि घुसेको छ, घुसाइएको छ ।
अब त्यो उत्पादन कस्तो होला ? त्यो कलेजको उत्पादन कस्तो होला ? सुरुआती दिनहरूमै जालसाझ, सत्तामोह, कपट, पैसाको लालचजस्ता कुरा एउटा कच्चा दिमागमा घुसाइन्छ भने त्यसको भविष्य पक्कै पनि राम्रो हुँदैन । त्यहा“का स्थानीय नेताले प्रयोग गर्दागर्दै त्यो उत्पादन पनि अन्ततः उस्तै ‘कार्बन कपी’ भएर निस्किन्छ । यो निश्चित छ । जसरी हिजोको राजनीति चलेको थियो, जसरी आजको राजनीति चलेको छ, ठिक त्यसैगरी अबको राजनीति पनि उही रेखामा रहनेछ । भविष्य उस्तै नै रहनेछ, जस्तो हिजो थियो, जस्तो आज छ । भावी पुस्ता पनि त्यस्तै नै निस्किनेछ, जस्तो आज चलिरहेको छ । अब आशा गर्ने ठाउ“ के रह्यो र सही नेतृत्वको ?
शिक्षालयहरूमा राजनीति गर्न दिनु कति जायज छ त उसो भए ? के विद्यार्थी राजनीतिलाई महŒव दिनु उचित छ त ? हो, राजनीतिको पनि आ–आºनै सिद्धान्त या तौरतरिका होलान् । राजनीतिमा पनि ठिक बेठिक होलान् । राम्रा नराम्रा होलान् । उचित अनुचित होलान् । पेसा, संगठन या काम बिगार्ने मान्छेले नै हो । खराब उद्देश्य राखेर नखोलिएको संगठनबाहेक हरेकका आ–आºनै राम्रा र नराम्रा पक्ष हुन्छन् । राजनीतिले पनि त्यही राम्रा पक्षहरूको मात्रै अभ्यास गर्दा अनुचित होला र ? कलेजमा यही कुरा सिकाउ“दा÷बताउ“दा के बिग्रिन्छ ? गुट–उपगुट या पक्ष र प्रतिपक्षभन्दा पनि पर्तिर रहेर सहकार्यको शिक्षा दि“दा गलत होला र ? कलेज या विश्वविद्यालय भनेको सिक्ने ठाउ“ हो । चाहे पुस्तकीय ज्ञान होस् या पुस्तकभन्दा बाहिरको संसारको ज्ञान । विद्यार्थीले हरेक किसिमका ज्ञान आर्जन गर्न पाउनुपर्छ । तर, त्यसमा इमानदारी अनि निःस्वार्थ भाव हुनुपर्छ । हामीमा तिनै कुराको कमी छ ।
राजनीति या कुनै पनि राजनीतिक दलका स्थानीय कमान्ड सम्हालेका कमान्डरले पनि यो बुझ्न जरुरी छ, जसको रेखदेख या प्रशिक्षणमा हजारौं जनशक्ति राजनीतिको खेल मैदानमा उत्रिन्छन् । तिनीहरूद्वारा दीक्षित कति युवा सक्षम छन् त ? कति इमानदार छन् त ? कति जनामा नैतिकता छ त ? यदि आजको परिप्रेक्ष्यलाई विचार गर्ने हो भने समग्र विद्यार्थी उत्पादनको १० प्रतिशत पनि नैतिक उत्पादन छैन भने हुन्छ । अधिकांशमा केही खोट जरुर छ र नभएकाहरूलाई पनि खोट लगाइन्छ ।
आखिर कहिले सुध्रिने त हामी ? भोलिको नेतृत्व आजै यसरी बिग्रि“दा देश झन् कस्तो बन्ला ? सही मान्छे पाखा लगाएर खराबलाई हालिमुहाली गर्न दि“दा त्यसको परिणाम कस्तो आउला झन् ? उही टालटुले प्रवृत्ति, उही भ्रष्ट सोच, उही सत्तामोह, उही पैसाको लोभ, उही जालसा“झ, उही ताल अनि उस्तै नै नेतृत्व सधैं । उही लामालामा भाषण अनि छारो हाल्ने काम । उही भनाइ एउटा, गराइ अर्को । उही मार्गदर्शक, उस्तै ज्ञान । फरक केही छैन आज पनि, जस्तो हिजो थियो, उस्तै छ । जसरी आजको सत्ता चलेको छ, उसरी नै आजको राजनीति चलेको छ । अबको दिनमा पनि उसै गरी नै चलिरहनेछ । यो यथार्थ हो । नेपाली राजनीतिक इतिहासमै कहिल्यै गतिलो ‘स्कुलिङ’ हुन सकेन ।

(Published on Rajdhani National Daily 2072-11-12)

No comments:

Post a Comment