कुनै फुर्सदको मौका पारेर तपाईं नया बानेश्वरको भीडमा सा“झपख आएर मिसिनुभयो भने तपाईंलाई थाहा हुन्छ, मानिसमा कतीसम्मको हतार छ । ठेलमठेल भीडको बीचबाट गुज्रिएर चोकमा निस्क“दा पनि युद्ध जितेको महसुस गराइदिन्छ, त्यस भीडले । एकै सेकेन्ड उभि“दा भीडले हुत्याउलाभै“m गर्ने छेउ लाग्न पनि सास्ती बेहोर्नुपर्ने । को कताबाट किन आइरहेछ अथवा को किन कता गइरहेछ भन्ने प्रश्नले एकछिन दिमाग घुमाइदेला जस्तो गर्ने । लम्बेतान भीडको अनवरत आवागमन त्यत्तिकै चलिरहन्छ त्यहा“ ।
रत्नपार्क या बसपार्क या बालाजु या कलंकी या गौशाला या पाटन या भक्तपुर या त्रिपुरेश्वर या बौद्ध या काठमाडौ“ खाल्डोभित्रका कुनै पनि क्षेत्र छैनन्, जहा“ भीड नभएको नहोस् । मान्छेको चाप जहा“ पुगे पनि उस्तै । रºतार उस्तै, हतार उस्तै, कसैलाई पनि फुर्सद नभएभै“m । दौडाहामा गलेका अनुहारहरू उत्तिकै हतारमा दौडिरहेका । हरेकका आ–आºनै पिर, चिन्ता होलान् । हरेकका आ–आºनै तनाव या काम होलान्, तर हरेकलाई हतारचाहिँ जरुर परेजसरी । यथार्थ यही हो । विशुद्ध काठमाडौ“को यथार्थ हो यो ।
आखिर मान्छे किन यहि“ आइपुग्छ ? काठमाडौ“ नै किन ताक्छ होला मान्छे ? अथवा सहर नै किन रोज्छ ? कारण जे पनि हुन सक्छ । भौतिक सुखको आस, सन्तानको असल शिक्षा, सम्पत्ति कमाउने लालसा अथवा पारिवारिक या सामाजिक कारण । अथवा व्यक्तिको व्यक्तिगत आकांक्षा । हरेकको महŒवाकांक्षा फरक फरक हुने गर्छ । सबै केही न केहीका आकांक्षी जरुर हुने गर्छन् । त्यस्तै महŒवाकांक्षा या उग्र लालसा या पारिवारिक दबाब या अन्य केही कारणले मान्छे सहर पस्ने गर्छ । नेपालमा काठमाडौ“ आगमनका कारणहरू त्योभन्दा बढेर अरू अरू पनि हुन सक्छन् ।
काठमाडौ“ देशको केन्द्र हो । सहरहरूको पनि सहर हो । राष्ट्र विकेन्द्रीकरणको अवस्थामा जाँदै गरेको अवस्था छ । तर, पूरा विकेन्द्रीकृत भइसकेको छैन । देशका मुख्यमुख्य कार्यालयहरू यतै छन् । उद्योगहरूका प्रमुख कार्यालयहरू यतै छन् । उद्योगहरू नै पनि यतै छन् । यहा“ अवसर धेरै छ । जहा“ अवसर हुन्छ, अवसर नपाएकाहरू जाने नै त्यतै हो । देशका धेरै भागबाट त्यस्तै धेरै अवसरको खोजीमा हरेक साल अथवा हरेक महिना, हरेक दिन ठूलो जमात राजधानी भित्रिरहेछ ।
के यो ठीक हो त ? गाउ“ उल्टिएर सहर भित्रिनु कतिसम्म सही छ ? अर्थशास्त्रीय दृष्टिकोण या समाजशास्त्रीय धारणा अथवा त्यस्तो कुनै पनि सिद्धान्तहरूको सहारा नलिईकन भन्नुपर्दा पनि यो एकदमै बिकराल अवस्था हो । देश नै कोल्टे पर्ने अवस्था हो । एकातिरको जनसंख्या रित्तिएर अर्को ठाउ“मा थुप्रो लाग्नु कुनै पनि परिभाषामा सही होइन । गाउ“को विकास के भइरहेछ त ? देशका कुना कन्दराहरू जनशक्तिको अभावमा कसरी उजाड बनिरहेछन् ? विकासको रºतार कुन हालतमा छ ? हो यही असमानुपातिक जनसंख्याकै कारण समान विकासले पनि पाइला लघार्न पाएको छैन ।
हामीले सहरलाई नै महŒवको देख्यौ“ । सहरको विकास देख्यौ“ । सहरको शिक्षा देख्यौ“, सहरको मनोरञ्जन देख्यौ“, सहरको बिलासिता देख्यौ“, अनि हामी सहर पस्यौ“ । अभैm पनि पसिरहेछौ“ । हामीलाई मोफसलप्रतिको वितृष्णा जागेको छ । गाउ“स“ग घृणा जाग्छ । रुखो गाउ“, कसले मन पराउने ? सहरको कोलाहलमा पनि आपूmलाई चुस्त राख्न सक्षम भयौ“ । परिश्रम जति नै दिग्दारीलो भए पनि हामी त्यसमा रमायौ“ । त्यसैमा भिज्यौ“ । गाउ“मा पट्यार लागेका कामभन्दा पनि पट्यारिला कामहरू यता सहरमा हामी हाँसिखुसी गर्न थाल्यौ“ । हामी यतै बिलायौ“ ।
हामीले गाउ“मै किन सम्भावना देखेनौ“ ? गाउ“मा रहेका अथाहा स्रोतहरू हाम्रा आ“खामा किन परेनन् ? हाम्रो दिमागले ती कुराहरू भेउ नै पाएन । हामीलाई अन्धो बनाइयो । परिवारबाट, समाजबाट अथवा आºनै सोचबाट । सानो सोच अथवा सानासाना मिहिनेतबाटै आर्जन गर्न सक्ने ठूलो सफलताप्रति हामीलाई किन वितृष्णा पलाइरहेछ ? समूह किन फुटेको छ ?
सबैलाई थाहा छ, काठमाडौ“को कमाइ सिर्पm छाक टार्नलाई काफी छ । हो पनि केही अत्यावश्यकीय आवश्यकताहरू पूरा गर्दा गर्दै नै महिनाको सम्पूर्ण कमाइ सकिन्छ । बचत न्यून छ । अन्य आम्दानीका स्रोतहरू नहु“दा र न्यून पारीश्रमीककै भरमा जीविका चलाउ“दा व्यक्तिमा एक किसिमको नैराश्य उत्पन्न हुन थाल्छ । हो काठमाडौ“मा धेरैको दिमाग तनावले जकडेको छ । तर पनि हामीमा यत्रो मरिहत्ते ? किन यत्रो सहर मोह ? किन दुःख ? किन नैराश्य ?
जीवनभर एकै कोठामा निर्वाह चलाएकाहरू, जीवनभर एउटै किसिमको दैनिकी गुजारेकाहरू, जिन्दगीभर कमाएर पनि कुनै प्रगति गर्न नसकेकाहरू, जीवनभर घस्रि नै रहेकाहरू, यो सहरमा त्यस्ता जीवनहरू लाखौ“ छन् । के व्यक्तिको जीवन त्यत्तिकै लागि मात्रै हो ? गाउ“लाई गाली मात्रै दिने अनि पछाडि फर्किएर हेर्न नमान्ने एउटा जमातले देशलाई कता लगिरहेको छ ?
देश विकसित हुन सहरको परिकल्पना आवश्यक छ । तर, यो पनि होइन कि सिंगो देश एउटा–दुईटा सहरले मात्रै थाम्न सक्छ । अथवा एउटा राजधानीले मात्रै मुलुकको पहिचान गराउन सक्दैन । हो हरेक गाउ“हरू अथवा सहर उन्मुख गाउ“हरूको पनि विकास हुनु जरुरी छ कि छैन त ? हरेक गाउ“मा रोजगारी हुनु आवश्यक छ कि छैन त ? मोफसलका हरेक सहरहरूमा पनि उत्तिकै विकास हुनु आवश्यक छ कि छैन, जति केन्द्रमा छ ?
काठमाडौ“को घस्रि“दो जिन्दगीबाट यो पुस्ताले विश्राम लिने नै बेला भएको छ । राष्ट्रको समुचित विकासका लागि पनि त्यो आवश्यक छ । सिंगो देशबाट एक ठाउ“मा आएर थुप्रिएको जनशक्तिलाई फुकाउने जिम्मा कसले लिने त ? को छ जिम्मेवार निकाय ? हो अब यतातिर पनि सोच्ने नै बेला आएको छ ।
(Published on Rajdhani National Daily 2072-12-05)

No comments:
Post a Comment