Monday, March 28, 2016

प्रचण्डलाई खुला पत्र

प्रचण्डज्यू,
     एक आम आदमी अथवा आम आदमीमध्येको पनि एक आम विद्यार्थी अथवा एक आम जनता अथवा त्यसमा पनि एक आम नेपालीको हकमा यो पत्र म तपाईंलाई लेख्दै छु। विशुद्ध तपाईंका लागि अथवा त्यो पनि विशुद्ध रूपमा तपाईंलाई नै सम्बोधन गरेर। त्यो पनि नितान्त व्यक्तिगत रूपमा।
प्रचण्डज्यू, तपाईंलाई वर्तमानको बारेमा सबै कुरा थाहा छ। अझै स्पष्ट थाहा छ। देशले भोगेको नाकाबन्दी र त्यसले निम्त्याएको समस्या। मधेस आन्दोलन अनि त्यसले समग्र राष्ट्रलाई दिएको गहिरो पीडा। सिंगो देश कसरी चलेको होला ? जनता कस्तो हालतमा होलान् ? राष्ट्रिय अर्थतन्त्रको अवस्था के हु“दै छ ? सामान्य बनिबुतो गरेर गुजारा चलाउने अति सामान्य नागरिकदेखि लिएर करोडौंको व्यवसाय गरेर बसेका उद्योगी अथवा साधारण जीवन बा“चेका साधारण कर्मचारीदेखि केही सामाजिक हैसियत बनाएकाहरू अथवा ती सब, जो यो देशमा बसेर आ–आºनै ठाउ“मा आ–आºनै कर्म गरिरहेकाहरू, सबैलाई यो त्रासदीले छोएको छ। तपाईंलाई सबै थाहा छ, प्रचण्डज्यू। मुलुकले अहिले इतिहासमै नपाएको दुःख पाएको छ।
के तपाईंले ग्याँसको लाइनमा बसेका भोका नागरिक देखिरहनुभएको छ ? के तपाईंले ज्यान जोखिममा राखेर बसको छतमा उक्लिएका विद्यार्थी देखिरहनुभएको छ ? के तपाईंले घन्टौं लाइनमा बस्दा पनि घर जाने टिकट नपाएर निस्रिक्क परेर फर्किरहेको अनुहार दे
ख्दै हुनुहुन्छ ? के तपार्इंलाई बजारमा भइरहेको कालोबजारीबारे थाहा छैन र ? के तपाईं यो कुरामा जिम्मेवार हुनुहुन्न र ? मलाई लाग्छ, यो सबको एक मात्र जिम्मेवार व्यक्ति नेपाली राजनीतिमा तपाईं हुनुहुन्छ। मैले आशा राखेको अथवा मजस्तै आम नेपालीले आशा गरेको व्यक्ति तपाईं, र त यो पत्र विशेष तपाईंलाई नै लेखिरहेको छु।
नेपाली राजनीतिमा सबैभन्दा बढी सपना कसैले बा“डेको छ भने त्यो तपाईंले हो। सम्झनोस् त ती दिनहरू। ती युद्धकालीन दिनहरू। ती तपाईंले सपना बा“डेका दिनहरू अनि तिनै सपनामा आ–आºनै मिठा सपना गा“सेर आºनो ज्यान पनि तपाईंकै नाम गरेर युद्धमा होमिएका लडाकुहरूका सपनाहरू। तपाईंलाई त तिनीहरू प्रत्येकका अनुहार पनि राम्ररी सम्झना छैन होला सायद, जो तपाईं नदेखीकनै तपाईंले देखाएको सपनाको आशमा आºनो प्राण अर्पण गर्न अघि सरे, संघर्षमा होमिए र सहादत भए।
युद्ध सकियो, सपना नि सकियो। कसैको सपना सेना समायोजनमा घुलियो त कसैको अयोग्यताको प्रमाण पत्रमा। तर, त्यसपछि तपाईंले बा“ड्ने आश्वासनको अर्को अध्याय सुरु भइसकेको थियो। त्यही महाआश्वासनको मिठो प्रचार गरेर तपाईंले पहिलो संविधानसभा चुनावमा अप्रत्यासित जित हासिल गर्नुभयो। जनताले फेरि अर्को पटक तपाईंलाई विश्वास गरेथे र त्यसको बदलामा तपाईंले अर्को विश्वासघात।
मधेस आन्दोलन चलेको धेरै भइसक्यो। यसका कारण देशका मुख्य नाकाहरू ठप्प छन्, धेरै दिनदेखि। नाका बन्द छन्, नेपाली जनजीवन ठप्प र कष्टकर छ, नाकाबन्दी चाहे जसले गरोस्, भारतले होस् या नेपाली नकाबधारी भारतीयले होस् या नेपालकै अधोगति चाहने यतैकाले होस्, या अरू जसले होस्, त्यो विषय सरोकारको विषय रहेन अब। आन्दोलन उचाइमा छ भन्छन्, त्यसमा पनि कसैलाई मतलब छैन। माग जायज होस् या नाजायज, आन्दोलन राम्रोका लागि भएको होस् या नराम्रोका लागि, जनतालाई त्यो सरोकारको विषय रहेन अब। यसले निम्त्याएको समस्या र सिंगो नेपाली जनताले पाएको दुःख मुख्य कुरा भएको छ। जनताले न्यूनतम उपभोगका सामानहरू पनि पाउन सकिराखेका छैनन्। चारैतिर अभाव छ, अभाव छ र त कालोबजारी छ। देश कालोबजारले चलेको छ। तपाईंलाई यो कुरा थाहा छ नि ? सरकार कहा“ छ त ? तपाईं कहा“ हुनुहुन्छ ? तपाईंको पार्टी सरकारमा भएर पनि किन तपाईं हरक्षण प्रतिपक्षको व्यवहार गरिरहनुभएको छ ? के तपाईं यसको जिम्मेवार हुनुहुन्न र ?
प्रचण्डज्यू, देश कहिलेसम्म यसरी चलिरहन्छ ? कुन तन्त्रले देशलाई उ“भो लगाउला ? तीव्र विकासको तौरतरिकाबारे कुन वादले ज्यादा व्याख्या गर्छ ? तपाईंले त जरुर विश्वभरका अनेक विकासका मोडलहरू अध्ययन गर्नुभयो होला। तपार्ईं कुन मोडललाई ज्यादा विश्वास गर्नुहुन्छ ? तपाईंलाई यसबारेमा केही आइडिया छ ? के देशलाई अझै अर्को युद्धको खा“चो छ कि ? कि अझै खा“चो छ अर्को आन्दोलनको ? अब कतिओटा आन्दोलन भएचाहिँ देशलाई पुग्ला ? कतिओटा पार्टी जन्मिए सरकार राम्ररी चल्छ ? कसको सरकार कति चले जनप्रशासन सक्षम होला ? अझै कति मान्छे मर्नुपर्ला देशको हितका लागि ? के देशलाई अर्को महापुरुषको आवश्यकता परेको हो ? तपाईं त सिद्धान्तका कुरा गर्ने मान्छे, तपाईंको सिद्धान्त यो विषयमा के बोल्छ ?
महोदय, सिद्धान्त र कुराले कुनै राष्ट्र अब ब्य“ुुतिनेवाला छैन। पश्चिमाले थोत्रिएर मिल्काइसकेका बासी सिद्धान्तको रटान कहिलेसम्म गरिरहनुुहुुन्छ तपाईं ? बुर्जुुवा नीति, अग्रगामी छलाङ, माले–मण्डले, जनवाद, दलाल, प“ुुजीतन्त्र...। हो, तपाईंका भाषाहरू मिठा छन्। हरेक मिठो चिज ज्यादा ह“ुुदै गएपछि त्यसप्रतिको आस्था र झुकाव क्रमशः घट्न थाल्दोरहेछ। तपाईंको भाषामा पनि हिजोआज त्यही कुरा महसुस गरिरहेको छु। तपाईंले कुराको गुलियो भुलेर केही अगाडि सोच्ने बेला आएको छ।
तपाईंले बाटोमा आम नागरिक देख्नुहुन्छ नि ? बसको छतमा नि बस्ने ठाउ“ नभेटेर रन्थनिरहेको, निन्याउरो अनुहारमा पेट्रोल सकिएको बाइक डोहो¥याउ“दै पम्पतिर लम्किरहेको, बेलुकाको छाक खाना पकाउन इन्धन नभेटेर दाउराको लाइनमा खिस्रिक्क परेर उभिएको, अकासिएको महँगीले पसिना छुटाएर पसलेस“ग दलाल गर्दै गरेको, परिवारको लम्बेतान तनाबले दिमाग रन्थनिएर सडकमा उभिएर सरकार सरापिरहेको। तपाईंलाई यी तमाम समस्या ज्ञात छ। तपाईं बुझ्नुहुन्छ, तपाईं जान्नुहुन्छ। हो, तपाईंलाई सबै कुरा थाहा छ। तपाईंले बिर्सिनुभएको छैन। आºनै बोली कसैले यति चा“डै कसरी बिर्सेला र ? आपूmले बा“डेका आश्वासन अनि आपूmले देखाएका सपनाहरू यसरी बाटैमा तुहि“दा तपाईंलाई नमज्जा लागेको छैन त ? स्वर्गको सपना बा“डेर देश यसरी भड्खालोमा जा“दा तपाईंको मन रोएन त ? महोदय, मलाई त आजकल तपाईंको अन्धो राष्ट्रवादमाथि पनि शंका लाग्न थालिसकेको छ।
एउटा आम मान्छेले सिद्धान्त जानेको हु“दैन। एउटा भोको मान्छेलाई राजनीति थाहा हु“दैन। एउटा गरिबले देख्ने सपना केवल भरे बेलुकाको छाकमा गएर टुंगिन्छ। एउटा मजदुर आºनो काम उप्रान्त अर्थोक सोच्दैन। एउटा किसानलाई केवल उत्पादनको फिक्री हुन्छ। एउटा कर्मचारीको सोचाइ आºनो परिवारको सहज पालनपोषणभन्दा माथि उठेको हु“दैन। हो, हरेक नेपालीमा त्यति ठुलो लालसा छैन, जति तपाईंले सपना देखाउनुभएथ्यो। के उसलाई आºनो संसारमा रम्ने अधिकार छैन त ? के उसले आºनो परिश्रमले खान पाउने हक पाउ“दैन त ? गरेर खान सबैले पाउनुपर्छ। देशको संविधान भने पनि, नीति भने पनि अथवा सरकार भने पनि, जे होस्, सम्बन्धित निकायले त्यो अधिकार हरेक नागरिकलाई दिएको हुन्छ। संविधानको आवश्यकता भन्नु नै त्यही हो, हरेक नागरिकको श्रम गर्ने अधिकार नखोसियोस्। तर, अफसोस्, देशले जसै संविधान पायो, अधिकारको नामोनिसान हरायो। संविधानको परिभाषा नै फेरिएको अनुभव भइरहेछ। महोदय, तपाईंले देखाउनुभएको संविधानको गोरेटो अँध्यारोतिर त गइरहेको छैन ? जनता एकदमै अन्योलमा परिसकेका छन्।
एक आम नागरिककै हकमा म तपाईंलाई यति कुरा लेखिरहेको छु। प्रश्न सोधिरहेको छु। गन्गनाइरहेको छु। तपाईंको बेतुकेपनलाई गाली गरिरहेको छु। मलाई त्यो हक छ, मैले तपाईंलाई गाली गर्न पाउनुपर्छ। तपाईंले मलाई पनि सपना देखाउनुभएथ्यो, मलाई पनि आश्वासन बा“ड्नुभएथ्यो, मलाई पनि भविष्यको उज्यालोको सानो झिल्का देखाएर छाड्नुभएथ्यो, मलाई पनि विकास देखाउनुभएथ्यो। मलाई मात्रै होइन, मेरो परिवार, समाज, गाउ“, जिल्ला अथवा मेरो सिंगो देशलाई तपाईंले विश्वस्त पार्नुभएथ्यो। बदलामा सिंगो देशको विश्वास बोकेर त्यो निर्णायक ठाउ“ प्राप्त गर्नुभएथ्यो, त्यो पनि हाम्रै आड भरोसामा। काम गर्न पटक पटक अवसर पाउनुभएथ्यो। पटक–पटक सुनौलो क्षण गुमाउनुभएथ्यो। पटक–पटक जित्नुभएथ्यो र त्यति नै पटक हार्नुभएथ्यो।
के म त्यो विश्वासको हिसाब माग्न पाउ“दिनँ हु“ला त ? मेरो विश्वासको मोल जान्न पाउ“दिन हु“ला त ? मेरो त्यो भरोसाको हिसाब कहा“ बिग्रियो ? कहा“ बिक्यो त मेरो आस्था ? त्यसको क्षतिपूर्ति कहिलेसम्ममा पाइसक्छु होला मैले ?
प्रचण्डज्यू, मैले प्रतीक्षा गर्न छाडेको छैन। म गलेको छैन। मैले आस मारेको छैन। तपाईंप्रतिको विश्वासलाई पूर्ण रूपमा अझै नै मार्न सकेको छैन (स्थिति भयानक बनिसक्दा पनि)। तपाईंतिर तेर्सिएका आशायुक्त आ“खाहरू अझै घुमाउन सकेको छैन। यति भइसक्दा पनि मेरो र हाम्रो आस मरेको छैन। तपाईंले नै भनेजस्तै, साइकल चढेर, पैदल हि“डेर, दाउरा बालेर पनि गुजारा चलाइएकै छ। तपाईंकै शब्दमा, ‘एस म्यान’ नहुनलाई प्रयत्नरत छौं, हामी पनि। स्वतन्त्रता र सार्वभौमिकताका लागि हामी साथ छौं अझै पनि। तर, यो हाम्रो धैर्य कहिलेसम्म ? थाहा छैन।
प्रचण्डज्यू, देश कहिलेसम्म यसरी चलिरहन्छ ? कुन तन्त्रले देशलाई उ“भो लगाउला ? तीव्र विकासको तौरतरिकाबारे कुन वादले ज्यादा व्याख्या गर्छ ? तपाईंले त जरुर विश्वभरका अनेक विकासका मोडलहरू अध्ययन गर्नुभयो होला। तपार्ईं कुन मोडललाई ज्यादा विश्वास गर्नुहुन्छ ? तपाईंलाई यसबारेमा केही आइडिया छ ? के देशलाई अझै अर्को युद्धको खा“चो छ कि ?

(Published on Rajdhani National Daily 2072-09-19)  Rajdhani National Daily

No comments:

Post a Comment