Monday, March 28, 2016

भाषामा त्यस्तो के छ ?

‘तपाईंको अंग्रेजी कमजोर रै’छ †’ पहिलो पटक जागिरका लागि अन्तर्वार्ता दि“दै गर्दा यो प्रश्नले मेरो दिमाग रन्थनाएको थियो, ‘तपाईंले कहिल्यै आºनो अंग्रेजी सुधार्नेबारे सोच्नुभएन ?’ ‘कमजोर छ, थाहा छ,’ मेरो जवाफ प्रस्ट थियो । म आधाउधी मात्रै जान्दथें । ‘बट आई विल ट्राइ माई बेस्ट,’ मैले भनें ।

कसैको अगाडि अंग्रेजी बोल्नुपर्दा किन हो मेरो जिब्रो लट्पटिन्छ । ओठ–मुख सुक्छ । गाला, कान अनि निधार तातेर आउ“छ । अथवा किन हो मनमा एक प्रकारको डर उब्जिन्छ । अथवा किन हो शरीरभर चिटचिट पसिना छुट्छ । त्यहा“ त्यति कुरा बोल्नुपर्दा मैले मेरो नेपाली भाषालाई पनि भुल्दै गइरहेको थिए“ । मलाई त्यतिबेला सामान्य खालका नेपाली शब्दहरू पनि उप्काउन गाह्रो परेको थियो । विनाशिष्टाचार नै म त्यहा“बाट बाहिरिएको थिए“ । त्यो दिन मलाई जागिरका लागि ‘अनक्वालिफाइड’ ठहराइयो । कारण एउटै थियो, अंग्रेजी भाषाको अल्पज्ञान । अझ साफ भन्नुपर्दा अज्ञान ।
आज सोच्छु, भाषामा त्यस्तो के छ ? अझ अंग्रेजी भाषामै त्यस्तो के छ ? भाषा संवादका लागि आवश्यक छ । सूचनाका लागि आवश्यक छ । सञ्चारका लागि आवश्यक छ । ज्ञानका लागि आवश्यक छ । तर, त्यो ठाउ“, समय र परिस्थितिअनुसार हुनुपर्छ । प्रयोगका हिसाबले हुनुपर्छ । कारणगत हुनुपर्छ । विनाकारण त्यसै अंग्रेजीको मात्रै पैरवी गर्ने हाम्रो संस्कार कसरी विकास भयो ? भाषाले भाषाकै रूपमा मात्र महŒव पाउनुपर्ने ठाउ“मा हामी किन त्यही भाषालाई जिन्दगीको हिस्साकै रूपमा सोच्न थाल्यौं । अझ विश्व बुझ्नका लागि अंग्रेजीजतिको समयसापेक्ष र प्रभावकारी भाषा सायदै अर्को छ । विश्वका अधिकांश मानिसले जानेको र धेरै मान्छेले बोल्न सजिलो मान्ने भाषा मेरा लागिचाहिँ विशाल पहाड जसरी उभिएको थियो । आºनो समयका साथीहरूले प्रस्ट जिब्रो फट्कार्न सक्ने भाषा मेरो जिब्रोमा चाहिँ किन लर्बरियो ? जमाना कायापलट भइसकेको यो समयमा म समयअनुुसार चल्न सकेको रहेनछु । सम्झ“दा पनि दिक्दारी बढेर आउ“छ ।
विश्वमा मजस्ता अंग्रेजी नजान्ने मानिस कति होलान् ? अंग्रेजीका बिरामी कति होलान् ? अझ नेपालमा कति होलान् ? अझ मेरै जस्तो भाषाकै कारण दुःख पाएकाहरू कति होलान् ? मलाई लाग्छ, नेपालमा मजस्ता धेरै युवा छन्, जो मेरोजस्तै ग्रामीण सरकारी शिक्षा पूरा गरेर आएका छन् । मेरोजस्तै नेपाली माध्यम भएका, जम्मा पाठ्यक्रममा एउटा मात्र अंग्रेजी विषय पढेका, मैलेजस्तै अंग्रेजीको प्रयोग गर्न नपाएका, मजस्तै अंग्रेजीका भोका, अनि मजस्तै आधा अंग्रेजी बोल्न सक्ने । उनीहरूको पनि मेरैजस्तो जिब्रो लट्पटिन्छ, पसिना छुट्छ, शरीर का“प्छ । तर, मलाई यति कुरा थाहा पाउन धेरै समय लागेको थियो ।
मैले अंग्रेजी बुझ्न र सिक्न धेरै नै पापड बेलें । अंग्रेजी ब्याकरण रट्न खोजें, अंगे्रजी पत्रिका पढें सकिनसकी, शब्दकोश घोकें, चेतन भगतका किताबहरू खुब पढें, दोहो¥याई–दोहो¥याई । अंग्रेजी सिनेमा हेरें, अंग्रेजीमै सोच्न खोजें । बाराक ओबामाका भाषणदेखि लिएर टम ह्यांकले बोलेका शब्द–शब्द बुझ्नलाई बल गरें । जेनिफर लोपेज, इमिनेम, साकिरा, टेलर स्पिºटलगायतका गाना पनि कण्ठ गर्न खोजें । तर, सब प्रयत्न बेकार भए । अन्त्यमा उही हामीले पढ्ने गरेको टालटुले अंग्रेजी मात्रै मगजमा बस्यो, अरू प्रगति केही भएन । ती पाठ्यक्रमका अंग्रेजी, पत्रिकाका अंग्रेजी, उपन्यासका अंग्रेजी, चलचित्रका अंग्रेजी अथवा यस्तै–यस्तै खाले अंग्रेजी, जो तत्काललाई त्यो कुरा जान्नका लागि पर्याप्त मात्रै थिए । अर्थात्, किताबको सारांश बुझ्न मात्रै, गीतको भाव बुझ्न मात्रै, सिनेमाको कथा बुझ्न मात्रै अथवा भन्न खोजेको कुरा बुझ्न मात्रै काम लागे, दीर्घ प्रभाव भने छाडेनन् । फेरि पनि अंग्रेजी सिकाइले नया“ अध्याय पाउन सकेन ।
भाषाले व्यक्तिको दैनिकीमा प्रभाव पारिरहेको हुन्छ । हामीले बोल्ने बोली, हाम्रो काम, संगीत, साहित्य, सिनेमालगायत हर कुरामा भाषाको उपस्थितिले मुख्य भूमिका निभाएको हुन्छ । समाज, व्यक्ति, राष्ट्र अनि विश्व बुझ्नलाई अलग–अलग अवस्थामा फरक भाषाको ज्ञान लिनु पनि आवश्यक छ । जस्तो कि, नेपालभन्दा बाहिर, विश्वका कुनै कुनाको जानकारीका लागि हामीलाई अत्यावश्यक पर्ने भाषा पनि अंग्रेजी नै हो । अंग्रेजी ती कुरामा काम लाग्छ । संगीत, साहित्य, सिनेमा यी तिन कुरालाई मात्रै लिने हो भने पनि अंग्रेजीको महŒवलाई अझ बुझ्न सजिलो हुन्छ । पश्चिमा देशका संस्कार र संस्कृति बुझ्न, जान्न त्यो काफी छ, भारत बुझ्नलाई हिन्दी काफी भएजस्तै । विश्व बुझ्नलाई अंग्रेजीको ज्ञान जरुरी छ ।
अबको पुस्ताका लागि त झन् विश्वमाझ पुग्नलाई अनेक भाषाको आवश्यकता पर्ने देखिन्छ । अंग्रेजी, कोरियाली, जापानी, जर्मनेली, पोर्चुगाली, रसियाली, चिनियाँ, हिब्रूलगायतका भाषामा पनि परिस्थितिअनुसार दक्खल बढाउ“दै लानुपर्ने हुन्छ । ती आवश्यकीय हु“दै जा“दै छन् । हरेक देशले आºनो भाषालाई महŒवका साथ राख्न थालेका छन् । जस्तो कि, कोरिया जानका लागि कोरियाली भाषा अनिवार्य जानेकै हुनुपर्छ, जापान जानका लागि जापानी, इजरायलका लागि हिब्रू आदि । हामीलाई त्यहा“को राष्ट्रिय भाषाका बारेमा पढाइन्छ । हामी बुझ्ने कोसिस गर्छौं । पढ्छौं, घोक्छौं, पारंगत हुन्छौं । तर, त्यसैलाई आºनो बनाउनतिर लाग्दैनौं । आवश्यकताका लागि मात्रै सिक्छौं । काम पर्दा प्रयोग गर्छौं, नत्र गर्दैनौं । हामी अंग्रेजीलाई पनि किन त्यस्तै व्यवहार गर्न सक्दैनौं ? अग्रेजी हाम्रो भित्रिया भएर पसेको छ ।
हामी हाम्रो भाषालाई कति माया गर्छौं त ? नेपाली गीत कति सुन्छौं, नेपाली साहित्य कति पढ्छौं, नेपाली बोल्न कति खोज्छौं ? हामीलाई हाम्रो नेपालीपनमा कत्तिको गर्व छ त ? भाषाको माया नगरेसम्म हामीले हाम्रो संस्कार–संस्कृति, मूल्य–मान्यताको संरक्षण गर्न सक्दैनौं । जुन चिज पहिचानस“ग जोडिएर आउ“छ, त्यही चिजलाई उपेक्षा गरेपछि हामीले के कुरामा गर्व गर्ने त ? दोस्रो भाषालाई गर्वका साथ ग्रहण गर्ने हाम्रो शैली विकास भइसकेको छ । अंग्रेजी बोल्न जान्नुलाई नै उच्च बौद्धिकता मान्न सुरु भइसकेको छ । सोचाइ नै अर्काको लिएपछि हामी कसरी उ“भो लाग्ने
र ? यो पक्कै पनि कठिन अवस्था हो । विश्वको विगत हेर्ने हो भने धेरै भाषा यस्तै केही कारणले पूर्णतः लोप पनि भइसकेका छन् । यसले आगामी दिनमा हाम्रो भाषामा पनि समस्या खडा नगर्ला भन्न सकिन्न ।
मैले जागिर नपाउनु, अंग्रेजी नजान्नु अथवा कमजोर हुनु अथवा भाषाको कमजोरीलाई नै मेरो कमजोरी मान्नुजस्ता कारणले मेरो दिमाग हल्लाइरहेका छन् । अभैm पनि केही कुरा चित्तै नबुझेजस्तो भइरहेको छ । भाषा नै किन व्यक्तिको क्षमताको अन्तिम मापक बन्न पुग्यो भन्ने कारण पत्ता लगाउन सकेको छैन मैले । यो एउटा नितान्त व्यक्तिगत गनगन हो । तर पनि समग्रमा हेर्ने हो भने यही प्रकृतिका परिस्थिति धेरै ठाउ“मा पक्कै पनि आएका होलान् । भाषालाई भाषाकै रूपमा नहेरेर किन धेरै मूल्यांकन गरि“दै छ ? आवश्यकताभन्दा बढेर अपरिहार्यताका रूपमा किन लिइ“दै छ, भाषालाई ? म जवाफ खोज्दै छु । भाषा साधन हो कि साध्य हो ? भाषा कारण हो कि प्रमाण हो ? भाषा बाटो हो कि गन्तव्य हो ? यही प्रश्न अभैm अनुत्तरित छ, ममा । भाषामा त्यस्तो के छ ?


(Published on Rajdhani National Daily 2072-09-12)  Rajdhani Daily

No comments:

Post a Comment