Monday, April 11, 2016

वैदेशिक कमाइ लगानीको अवस्था

रेमिट्यान्सले मुलुकको दिगो विकास हुन्छ या हु“दैन भन्ने विषयमा एउटा बहस नै चल्न सक्ला । गाउ“को चर्को ऋण उतार्नलाई राम या श्याम विदेश गएर जीवन बदल्यो भन्दा पनि गलत तर्क नलाग्ला । सहरमा ठडिएका अधिकांश घरहरू बिदेशबाटै भित्रिएको पैसाले ठडिए अथवा नेपालका आधा जनसंख्या बा“च्नुमै वैदेशिक रोजगारीको हात छ अथवा गाउ“ सप्रिएको प्रसंगमा अथवा राष्ट्रको प्रमुख आमदानीकै रूपमा वैदेशिक रोजगारी र रेमिट्यान्सलाई गन्तीमा राख्दा पनि खासै अन्यथा नहोला । वैदेशिक रोजगारी अधिकांश नेपालीको प्रमुख पेसा बनिसकेको वर्तमान सन्दर्भमा माथि उल्लेख गरिएका प्रत्येक तर्क आ–आºनै ठाउ“मा शक्तिशाली पनि छन् । राष्ट्रको वर्तमान र भविष्य जोडिएको यो विषय विडम्बना र अवसर दुवै बनेर हामीमाँझ मडारिइरहेछ, स“गस“गै बनिरहेछ बाध्यात्मक पनि ।


हो, आजको ठूलो समस्या (कि बाध्यता ?) यही हो । स्वदेशको फितलो कमाइ, पढाइ अनि सर्टिफिकेटको कम (गलत ?) मूल्यांकन, गतिलो अवसरको अभाव, पारिवारिक तनाव, विदेश प्रतिको मनोवैज्ञानिक आकर्षण, संसार घुम्ने रहर जस्ता विविध कारणले गर्दा नेपालीमा विदेशप्रतिको मोह ह्वात्तै बढेको छ, केही वर्षयता । प्रायः परिवारमा अनि प्रायः समाजबाट कोही न कोही त विदेश पलायन भएकै छ । काम चाहे सानो होस् या ठूलो, सजिलो होस् या गाह्रो, पढेका, कम पढेका अथवा विशुद्ध निरक्षरहरूसमेत विदेशप्रति चासो राख्ने गर्छन् । हरेकमा विदेश मोह पलाएकै छ । एउटा लहड नै चलेको छ ।
वैदेशिक रोजगारी देशका लागि राम्रो हो या खराब, त्यो समयले नै बताउला । तर, मुख्य प्रश्न यो छ कि विदेशबाट हरदिन भित्रिरहेको पैसा कहा“ लगानी भइरहेछ त ? कसैस“ग यो तथ्यांक छ ? वार्षिक कति रेमिट्यान्स नेपाल भित्रिन्छ र कतिलाई सही ठाउ“मा प्रयोग गरिएको छ ? एउटा नेपालीले चार÷पा“च वर्ष विदेशमा कमाएको सम्पत्ति कति हो ? त्यो औसतमा कति छ ? एउटा घर, एउटा गतिलो मोटरसाइकल, परिवारका लागि केही लत्ताकपडा अनि केही मोजमस्तीका सरसामान उप्रान्त त्यो पु“जी अन्यत्र बिकासे काममा लागेको छ या छैन ? विदेशबाट फर्किएका कति जनामा उद्यमशीलताको विकास भएको छ ? हो, हामीमा यही कुराको कमी छ । हामीले कमाउन जान्यौ“ तर कमाएको धनको सदुपयोग गर्न जानेनौ“ ।
राष्ट्रिय हितमा त्यो पु“जीको सदुपयोग भइरहेको छ या छैन ? त्यो करोडौ“ रुपैया“ आयातीत सम्पत्ति त्यत्तिकै खेर त गइरहेको छैन ? सम्पूर्ण कमाइको आधा हिस्सा त सुरुको ऋण तिर्दैमा सकिने गर्छ । बा“की बचेको सम्पत्तिमा केही घर बनाउ“दा या कुनै अत्यावश्यकिय पारिवारिक खर्चमै सकिन्छ, अनि केही बचेकुचेको पैसाले एक दुई महिना मोज । हो, वैदेशिक रोजगारीबाट फर्किएको केही महिनामै व्यक्ति पहिलाकै हालतमा फर्किसकेको हुन्छ ।
हाम्रो मुख्य समस्या भनेकै लगानीका लागि सुरक्षित क्षेत्र नहुनु हो । हातमा भएको धनलाई सही लगानी र सही व्यवस्थापन गर्न नसक्दा त्यो धनको कुनै औचित्य रह“दैन । लगानी गर्ने तर केमा गर्ने ? गाउ“बाट ऋण लिएर विदेश उडेको कच्चा युवालाई के जानकारी होला र लगानीको ? अथवा भए पनि डर ज्यादा छ । असुरक्षा महसुस हु“दाहु“दै को गर्न सक्छ ? कृषी अथवा घरेलु उद्यम अथवा लघु उद्यमशीलताका बारेमा उसलाई केही थाहा हु“दैन । यसका बारेमा चासो लिएको पनि कसैले देखि“दैन । न सरकार, न सरकार इतरका कुनै संगठनहरू अथवा न व्यक्ति स्वयं नै । हामीकहा“ तालीम छैन, कुनै त्यस्ता चेतनामूलक कार्यक्रम पनि छैनन् । मुख्य कुरो सरोकारवाला क्षेत्र कुनैमा पनि यसबारेमा चासो छैन । समस्या हिजो जहा“ थियो, आज पनि त्यहि“ नै छ ।
सरकारले सामूहिक लगानी समेट्न सकेको छैन । लगानीका लागी विदेशी साहु सर्वेसर्वा हुन् भन्ने भ्रम हाम्रो दिमागमा छ । नेपालभित्रै लगानीका लागी पर्याप्त धन रहेछ भन्ने कुरा बुझ्न हालसालमा खुलेका नया“ कम्पनीका आईपीओमा लामबद्ध समुहको त“छाड मछाड नै काफी छ । त्यस्ता सानासाना अर्वौ“का लगानी हाम्रो समाजमा त्यत्तिकै जमेर बसेका रहेछन् । हामीस“ग पनि पु“जी त रहेछ नै । हामी आपूmमै पनि त सक्षम रहेछौ“ † त्यो पनि सहरका केही चासो राख्ने समूहलाई लि“दा पनि । अझ गाउ“ अनि राजधानी बाहिर गएर हेर्ने हो भने त्यस्ता कति होलान् † यो बुझ्नै पर्ने कुरा हो ।
राष्ट्र विकासका लागि ठूला गफ अथवा ठूलै पु“जी अथवा ठूला लगानीकर्ता नै चाहिन्छ भन्ने पनि जरुरत छैन अब । नेतृत्वको सोचाइमा थोरै मात्र परिवर्तन गर्दा अनि जनतामा थोरै मात्र चेत घुस्दा मात्रै पनि ठूलै बिकास सम्भव छ । लगानी सुरक्षा गर्न सरकारले सुनिश्चित गर्न सक्छ या सक्दैन ? लगानीको ठाउ“ देखाउन सक्छ या सक्दैन ? स्वयं व्यक्तिले पनि यसबारेमा केही त चासो राख्नै पर्ने हुन्छ । नेपालमा त्यसरी चासो राख्नेहरू कति छन् त ? हो, यी र यस्तै प्रश्नहरूको उत्तर खोज्नमै हाम्रो वर्षौ“ बित्न सक्छ । हामीले पत्तै नपाई हामी पछाडि धकेलिइरहेका छौ“ । नचाह“दा नचाह“दै शिरमा थोपरिएको जिम्मेवारी, कमजोर ज्ञान, सरकारी नीति या सरकारको मार्गदर्शनको अभाव, असल साथीभाइको कमी अथवा यस्तै किसिमका झीनाभै“m लाग्ने समस्याहरूले नै हामीलाई हर क्षण पछाडि तानी नै रहने गर्छन् ।
उसो भए निकास के त ?
समाज एकाएक परिवर्तन हु“दैन । समाज परिवर्तन भन्दा पहिला व्यक्ति परिवर्तन हुनु आवश्यक छ । व्यक्तिको सोचाइमा परिवर्तन हुनु आवश्यक छ । हामीले हाम्रो सोचाइलाई केही पैmलाउनु आवश्यक छ । हाम्रा पुर्खाले जे गरे हामीले त्योभन्दा केही बढेर केही गर्ने सोच राख्नुपर्ने हुन्छ । केही नया“ सोच्नुपर्ने हुन्छ । हामीले त्यो हिम्मत आपूmमा राख्नै पर्ने हुन्छ । आपूmस“ग भएको सीमित पु“जी अनि केही सीमित ज्ञानलाई पनि कसरी नवीन कार्यमा प्रयोग गर्न सकिन्छ, त्यो सोच्नुपर्ने हुन्छ । हरसमाजका हरव्यक्ति केही सिर्जनशील भइदिए मात्रै पनि नया“ सोचले जन्म लिन सक्छ । त्यो सोच व्यक्तिबाट परिवार अनि परिवारबाट समाज हु“दै राष्ट्रिय हितको रूपमा अगाडि बढ्न सायदै समय लाग्ला । यदि त्यसो हुन सके हर समाज जाकरुक हुने थियो । विकासले नया“ बाटो भेट्टाउने थियो ।
आजका दिनमा बिदेशबाट भित्रिरहेको पैसालाई सरकारले खासै वास्ता गरेको देखि“दैन । विगतको सरकारको काम कारबाहीबाट पनि त्यो कुरा छर्लंगै छ । सरकारको त्यस्तो कुनै गतिलो कार्यक्रम नै देखिएको छैन यो विषयमा । स्पष्ट योजनाको अभावमा अल्मलाइरहेको त्यो ठूलो लगानीका विषयमा सरकार किन मौन छ ? त्यो एउटा पक्को लगानी बन्न सक्थ्यो । प“ुजीको त्यो ठूलो हिस्सा सानो तिनो लापरबाहीले गुमी त रहेको छैन कतै ? त्यस्ता सानासाना रकमलाई पनि सही सदुपयोग गरेमा गतिलै प्रतिफल आर्जन गर्न सकिन्छ । यसका लागि कुनै सिद्धान्त या नियम आवश्यक छैन । बस् हाम्रो देशको कानुनले यसलाई व्याख्या गर्न मात्रै आवश्यक छ । सरकारको सानो नीतिको मात्रै आवश्यक छ ।

No comments:

Post a Comment